logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • ट्रस्ट माइक्रो इन्स्योरेन्सको व्यापारमा उछाल, नाफा भने घट्यो

    ट्रस्ट माइक्रो इन्स्योरेन्सको व्यापारमा उछाल, नाफा भने घट्यो

    715
    SHARES
    ट्रस्ट माइक्रो इन्स्योरेन्सको व्यापारमा उछाल, नाफा भने घट्यो

    काठमाण्डौ । ट्रस्ट माइक्रो इन्स्योरेन्सले आर्थिक वर्ष २०८२।८३ को दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।



    वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कम्पनीले २ लाख ४१ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को पुससम्म कम्पनीले १२ लाख ५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा ८० प्रतिशतले घटेको छ।

    समीक्षा अवधिसम्म कम्पनीको स्पेसल रिजर्भमा २३ लाख ८८ हजार रुपैयाँ, महाविपत्ति कोषमा २ लाख ३८ हजार रुपैयाँ, रिटेन्ड अर्निङमा १८ लाख ५२ हजार रुपैयाँ र अन्य इक्विटीमा ४८ लाख २० हजार रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म स्पेसल रिजर्भमा २२ लाख ६८ हजार रुपैयाँ, महाविपत्ति कोषमा २ लाख २६ हजार रुपैयाँ, रिटेन्ड अर्निङमा १७ लाख ४५ हजार रुपैयाँ र अन्य इक्विटीमा ४८ लाख १८ हजार रुपैयाँ थियो।

    चालु वर्षको पुससम्म कम्पनीको बीमा कोषमा २२ करोड ५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बीमा कोषमा १६ करोड ७० लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार ३२.०४ प्रतिशतले बढेको छ।

    समीक्षा अवधिसम्म कम्पनीले ९ करोड ९८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो यही अवधिसम्म कम्पनीले ३ करोड ८१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन १६१.३९ प्रतिशतले बढेको छ।

    कम्पनीले चालु वर्षको पुससम्म ३ करोड ८९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ करोड २४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन २१२.६३ प्रतिशतले बढेको छ।

    शेयरपुँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ०.०५ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ०.२३ रुपैयाँ थियो।


    अर्थ चाैतारी
  • विहिबार, २९ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट