logo

२०८३ जेष्ठ १२, मंगलबार

logo
  • २०८३ जेष्ठ १२, मंगलबार
  • ४० अर्ब २८ करोड बराबरको वैदेशिक लगानी प्रतिवद्धता

    ४० अर्ब २८ करोड बराबरको वैदेशिक लगानी प्रतिवद्धता

    2K
    SHARES
    ४० अर्ब २८ करोड बराबरको वैदेशिक लगानी प्रतिवद्धता

    काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा ४० अर्ब २८ करोड बराबरको वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको छ । उद्योग विभागकाअनुसार चालु आ.व.को साउनदेखि माघसम्म ५ सय २४ परियोजनामा ४० अर्ब २८ करोड ३३ लाख रुपयाँको लगानी प्रतिवद्धता आएको हो ।



    सबैभन्दा धेरै साना उद्योगमा लगानी प्रतिवद्धता आएको विभागको तथ्यांकले देखाएको छ । सात महिनामा सबैभन्दा धेरै कृषिका १४ परियोजनामा २१ अर्ब ९० करोड ८० लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको छ ।

    पर्यटन क्षेत्रका १ सय ५० परियोजनामा १० अर्ब ८६ करोड २० लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको छ भने उत्पादनमूलक ३५ परियोजनामा दुई अर्ब ४० करोड ६६ लाख ४४ हजार रुपैयाँ लगानी प्रतिवद्धता आएको छ ।

    त्यस्तै सेवामूलक ३४ वटा परियोजनामा तीन अर्ब ५४ करोड ८० लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको छ भने सूचना प्रविधिमूलक २ सय ८८ परियोजनामा एक अर्ब २५ करोड ९४ लाख ३६ हजार रुपियाँ लगानी प्रतिबद्धता प्राप्त भएको विभागले जनाएको छ ।

    उद्योग विभागका अनुसार २ वटा खनिजजन्य परियोजनामा ११ करोड ५० लाख र एउटा ऊर्जामूलक परियोजनामा १८ करोड ४२ लाख ५० हजार रुपैयाँ लगानी प्रतिवद्धता आएको छ । माघसम्मको अवधिमा अटोमेटिक रुटबाट ३ अर्ब २५ करोड र अप्रुभल रुटबाट ३७ अर्ब ३ करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ ।

    यो अघिल्लो आ.व. सोही अवधिको तुलनामा साढे १३ अर्ब रुपैयाँले धेरै हो । गत आव माघसम्म २६ अर्ब ८४ करोड १७ लाख बराबर त्यस्तो लगानी स्वीकृत भएको थियो । विभागकाअनुसार माघसम्म वैदेशिक लगानीका कुल ५ सय २५ उद्योग दर्ता भएको छ ।


    अर्थ चाैतारी
  • सोमबार, ४ फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट