logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • नारी दिवसमा नेपाल लाइफको ‘नारी सुरक्षा जीवन बीमा’ योजना सार्वजनिक

    नारी दिवसमा नेपाल लाइफको ‘नारी सुरक्षा जीवन बीमा’ योजना सार्वजनिक

    1.1K
    SHARES
    नारी दिवसमा नेपाल लाइफको ‘नारी सुरक्षा जीवन बीमा’ योजना सार्वजनिक

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नारी दिवसको अवसरमा नेपालमै पहिलो पटक पृथक विशेषता सहित ‘नेपाल लाइफ नारी सुरक्षा जीवन बीमा योजना’ सार्वजनिक गरेको छ । ‘एकै योजना, बहु–लाभ ! सबै नारीका लागि सजिलो पहुँच !’ नाराका साथ ल्याइएको यो योजना महिलाको जीवन, स्वास्थ्य, बचत तथा आर्थिक सुरक्षामा केन्द्रित रहेको छ ।



    यस योजनाअन्तर्गत बीमालेखको वार्षिकोत्सवमा बीमाङ्कको आधारमा नगद सुविधा प्रदान गरिनेछ । साथै, मृत्यु लाभ प्रत्येक पाँच वर्षमा २५ प्रतिशतले वृद्धि हुने व्यवस्था गरिएको छ । नेपाली जीवन बीमा क्षेत्रमा पहिलो पटक गर्भावस्था स्याहार तथा गर्भावस्था जटिलता सम्बन्धी पूरक करार सुविधा समेत समावेश गरिएको कम्पनीले जनाएको छ ।

    नारीको सुरक्षा, आत्मनिर्भरता र दीर्घकालीन आर्थिक सुनिश्चिततालाई केन्द्रमा राखी तयार गरिएको यस योजनाले नियमित आम्दानी, बचत र आर्थिक सुरक्षालाई एकैसाथ सुनिश्चित गर्ने लक्ष्य लिएको छ । समानता र सम्मानपूर्वक जीवनयापनमा सहयोग पुर्याउने उद्देश्यसहित यो योजना सार्वजनिक गरिएको कम्पनीको भनाइ छ ।

    मातृत्व जीवनको संवेदनशील र महत्वपूर्ण चरण भएकाले त्यसलाई ध्यानमा राख्दै गर्भावस्था जटिलता सम्बन्धी पूरक करार सुविधा ल्याइएको हो । यसअन्तर्गत, गर्भावस्थाका क्रममा सूचीकृत ११ प्रकारका गम्भीर जटिलतामध्ये कुनै एक पुष्टि भएमा बीमित महिलालाई एकमुष्ट एक लाख रुपैयाँ प्रदान गरिनेछ ।

    त्यसैगरी, गर्भावस्था स्याहार पूरक करार अन्तर्गत बीमा अवधिभित्र गर्भवती भएको प्रमाणित भएमा स्वास्थ्य सेवाका लागि एक पटकका लागि १० हजार रुपैयाँ उपलब्ध गराइनेछ ।

    अग्रिम भुक्तानी सावधिक जीवन बीमा (मुनाफामा सरिक हुने) यस योजनाको न्यूनतम बीमाङ्क रकम २ लाख ५० हजार रुपैयाँ तोकिएको छ भने अधिकतम रकम आम्दानीको आधारमा निर्धारण गरिनेछ । बीमितको प्रवेश उमेर १८ देखि ६५ वर्षसम्म रहने व्यवस्था छ ।

    यस योजनासँगै दुर्घटना मृत्यु लाभ, पूर्ण स्थायी अशक्तता सुविधा तथा बीमाशुल्क छुट सुविधा जस्ता विभिन्न ऐच्छिक पूरक करारहरू पनि लिन सकिने कम्पनीले जनाएको छ ।

    नेपाल लाइफको यो नयाँ योजनाले नारीको जीवन, स्वास्थ्य र आर्थिक भविष्यलाई सुरक्षित गर्दै सुनिश्चित भविष्यतर्फ अग्रसर गराउने विश्वास कम्पनीले व्यक्त गरेको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, ५ फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट