logo

२०८३ जेष्ठ ११, सोमबार

logo
  • २०८३ जेष्ठ ११, सोमबार
  • उद्योग वाणिज्य महासंघमा ढकाल समूहले बनायो प्यानल, सोमबार उमेदवारी घोषणा

    उद्योग वाणिज्य महासंघमा ढकाल समूहले बनायो प्यानल, सोमबार उमेदवारी घोषणा

    1K
    SHARES
    उद्योग वाणिज्य महासंघमा ढकाल समूहले बनायो प्यानल, सोमबार उमेदवारी घोषणा

    काठमाण्डौ । निजी क्षेत्रका व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को ६०औं वार्षिक साधारण सभाबाट चयन हुने नयाँ कार्यसमितिका लागि उम्मेदवारी घोषणा सुरु भएकाे छ ।



    महासंघको आगामी चैत २८ र २९ गते हुने वार्षिक साधारण सभासँगै नयाँ कार्यसमिति चयन हुनेछ । विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्नेछन् भने अन्य पदहरूमा चुनावी प्रतिस्पर्धा हुनेछ ।

    साेमबार हेमराज ढकाल समूहबाट उम्मेदवारी घोषणा गर्ने कार्यक्रम तय गरेको छ । वरिष्ठ उपाध्यक्ष ढकाल हुने गरी अन्य पदमा उम्मेदवारी घोषणा गरिनेछ ।

    हाल वस्तुगततर्फका उपाध्यक्ष रहेका ढकालको प्यानलबाट​​​ एसोसिएट उपाध्यक्ष पदमा ज्योत्सना श्रेष्ठले पुनः उम्मेदवारी दिने तयारी गरेकी छन् । त्यसैगरी जिल्ला-नगर उपाध्यक्ष पदमा उमेश डालमिया र कल्पना गैरे उम्मेदवार बन्ने भएका छन् । महासंघको संशोधित विधानअनुसार यसपटकदेखि दुई जना जिल्ला-नगर उपाध्यक्ष रहने व्यवस्था गरिएको छ ।

    यस्तै, ढकाल समूहबाट वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ र महिला उपाध्यक्ष पदमा कमला श्रेष्ठलाई उम्मेदवार बनाउने तयारी गरिएको छ । प्यानलको औपचारिक घोषणा सोमबार गरिने जनाइएको छ ।


    अर्थ चाैतारी
  • आइतबार, १० फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट