logo

२०८३ बैशाख ३, विहिबार

logo
  • २०८३ बैशाख ३, विहिबार
  • ११ शाखामार्फत सम्पदा लघुवित्तको सिपमूलक तालिम, ३५६ सदस्य लाभान्वित

    ११ शाखामार्फत सम्पदा लघुवित्तको सिपमूलक तालिम, ३५६ सदस्य लाभान्वित

    533
    SHARES
    ११ शाखामार्फत सम्पदा लघुवित्तको सिपमूलक तालिम, ३५६ सदस्य लाभान्वित

    काठमाण्डौ । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न शाखा कार्यालयमार्फत आवद्ध सदस्यहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सिपमूलक तालिम कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले ११ वटा शाखा कार्यालयमार्फत कुल ३५६ जना सदस्यलाई विभिन्न व्यावसायिक तथा आयआर्जनमुखी तालिम प्रदान गरेको जनाएको छ ।



    तालिम कार्यक्रम बाँकेको मदनचौक, सप्तरीको चन्ही, धादिङको चैनपुर, रुपन्देहीको लुम्बिनी सांस्कृतिक तथा भैरहवा, इलाम, मकवानपुरको शिखरकटेरी, नुवाकोटको देउराली, लमजुङको सातबिसे, कास्कीको खोलाकोछेऊ र कैलालीको दुर्गौली शाखाबाट सञ्चालन गरिएको थियो ।

    मदनचौक शाखामा व्यवसायिक बाख्रापालन तालिममा ३० जना सहभागी भएका थिए भने चन्ही शाखामा लहरे तरकारी खेती तालिममा २९ जना सहभागी भए । चैनपुर धादिङमा उन्नत जातको बाख्रापालन तालिममा ३४ जना, लुम्बिनी सांस्कृतिक रुपन्देहीमा लहरे तरकारी खेती तालिममा ३३ जना तथा इलाम शाखामा आचार बनाउने तालिममा २९ जनाको सहभागिता रहेको थियो ।

    त्यसैगरी शिखरकटेरी मकवानपुरमा व्यवसायिक बाख्रापालन तालिममा ३७ जना, देउराली नुवाकोटमा टमाटर खेती तालिममा ३२ जना, सातबिसे लमजुङमा मौरीपालन तालिममा २९ जना, खोलाकोछेऊ कास्कीमा क्रिस्टलका चुरा बनाउने तालिममा २३ जना सहभागी भएका थिए । दुर्गौली कैलालीमा उन्नत जातको बाख्रापालन तालिममा ५० जना तथा भैरहवा रुपन्देहीमा उन्नत जातको भैंसीपालन तालिममा ३० जना सहभागी भएका थिए ।

    सम्बन्धित स्थानीय तहका कृषि अधिकृत तथा विषयगत विज्ञ प्रशिक्षकहरूले तालिम प्रदान गरेका थिए । तालिम सम्पन्न भएपछि सहभागीहरूलाई प्रमाणपत्रसमेत वितरण गरिएको संस्थाले जनाएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण पौडेलका अनुसार आगामी दिनमा पनि अन्य शाखामार्फत सिप विकास गरी उद्यमशील बन्न इच्छुक सदस्यहरूका लागि यस्ता तालिम कार्यक्रम सञ्चालन गरिनेछ ।

    हाल सम्पदा लघुवित्तले ४५ जिल्लामा रहेका १५५ शाखा कार्यालयमार्फत एक लाख ८१ हजारभन्दा बढी सदस्यलाई सेवा प्रदान गर्दै आएको छ । संस्थाको कुल लगानीमा रहेको कर्जा रकम करिब १० अर्ब ४० करोड रुपैयाँ रहेको जनाएको छ ।


    अर्थ चाैतारी
  • बुधबार, २७ फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट