logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • कोपोमिसमा आबद्ध नभएका सहकारीले ऋणीको घरजग्गा रोक्का, फुकुवा गर्न नपाउने

    कोपोमिसमा आबद्ध नभएका सहकारीले ऋणीको घरजग्गा रोक्का, फुकुवा गर्न नपाउने

    2.2K
    SHARES
    कोपोमिसमा आबद्ध नभएका सहकारीले ऋणीको घरजग्गा रोक्का, फुकुवा गर्न नपाउने

    काठमाण्डौ । एकीकृत व्यवस्थापन सूचना प्रणाली (कोपोमिस)मा विवरण नभरेका सहकारी संस्थाहरुले घरजग्गा रोक्का तथा फुकुवा गर्न नपाउने भएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलयका अनुसार अब कोपोमिसमा आबद्ध नभएका सहकारीले ऋणीको घरजग्गा रोक्का तथा फुकुवा गर्न नपाउने भएका छन् ।



    सहकारी अब ऋणीको घरजग्गा रोक्का राख्न वा फुकुवा गर्न जाँदा सहकारी ऐन २०७४ को दफा ७९, ८३ र ८४ बमोजिम सहकारी संस्थाले सदस्यको धितो बन्धक राख्ने वा त्यस्तो धितो बन्धक रोक्का तथा फुकुवा गर्न मालपोत कार्यालय जाँदा कोपोपिस प्रणालीमा संस्थाको विवरण प्रविष्ट गरेको प्रमाण लिएर जानुपर्ने छ । सहकारी विभागमार्फत सबै भूमिसुधार तथा मालपोत कार्यालयमा परिपत्र समेत भइसकेको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, १७ भदाै २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट