logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • प्रभु महालक्ष्मी लाइफका सीइओ प्रसाइँ कोशी एक्सिलेस अवार्डबाट सम्मानित

    प्रभु महालक्ष्मी लाइफका सीइओ प्रसाइँ कोशी एक्सिलेस अवार्डबाट सम्मानित

    689
    SHARES
    प्रभु महालक्ष्मी लाइफका सीइओ प्रसाइँ कोशी एक्सिलेस अवार्डबाट सम्मानित

    काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई ‘कोशी एक्सिलेन्स अवार्ड २०८२’ अन्तर्गत इन्स्योरेन्स विधामा सम्मानित भएका छन् ।



    बीमा क्षेत्रको नियमनकारी निकाय तत्कालीन बीमा समिति (हाल नेपाल बीमा प्राधिकरण) देखि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नेतृत्वसम्म आइपुग्दासम्म उनले पुर्याएको योगदानको कदरस्वरूप उक्त सम्मान प्रदान गरिएको हो । प्रसाईको नेतृत्वमा नेपाली बीमा बजारमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले दरिलो उपस्थिति कायम गर्न सफल भएको बताइएको छ ।

    शनिबार आयोजित विशेष समारोहमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले दोस्रो कोशी एक्सिलेन्स अवार्ड २०८२ अन्तर्गत उनलाई इन्स्योरेन्स विधाको पुरस्कार प्रदान गरेका हुन् ।

    कोशी प्रदेशमा जन्मिएर देश तथा विदेशमा विभिन्न पेशा–व्यवसायमार्फत उत्कृष्ट उपलब्धि हासिल गर्दै प्रदेशको प्रतिष्ठा बढाउने व्यक्तित्वहरूलाई हरेक वर्ष विभिन्न विधामा ‘कोशी एक्सिलेन्स अवार्ड’ प्रदान गर्दै आइएको आयोजकले जनाएको छ ।


    अर्थ चाैतारी
  • आइतबार, ८ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट