logo

२०८३ बैशाख १७, विहिबार

logo
  • २०८३ बैशाख १७, विहिबार
  • ठमेलबाट क्रिप्टो कारोबार गर्ने बंगलादेशी नागरिक पक्राउ

    ठमेलबाट क्रिप्टो कारोबार गर्ने बंगलादेशी नागरिक पक्राउ

    507
    SHARES
    ठमेलबाट क्रिप्टो कारोबार गर्ने बंगलादेशी नागरिक पक्राउ

    काठमाण्डौ । ठमेलबाट क्रिप्टो कारोबार गर्ने बंगलादेशी नागरिक पक्राउ परेका छन् । बुधबार बेलुकी छाया सेन्टरबाट २९ वर्षीय एमडी सेहाबुल इस्लामलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।



    काठमाण्डौ जिल्ला प्रहरी परिसरका अनुसार ३० लाख ४९ हजार ७३६ रुपैयाँ बराबरको युएसडीटी लगायत अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) को कारोबार गरेको छ । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।

    उनका अनुसार इस्लामको साथबाट ६० हजार नगद बरामद भएको थियो ।

    एनसेल र एनटीसीको सीमकार्ड १ थान, मोबाइल २ थान, विभिन्न बैंकको एटीएम ७ थान, चेकबुक ३३ थान, खाता खोल्न प्रयोग गरिने केवाइसी फर्म र मोस्ताहिन फहामिदको नाममा २ लाख रुपैयाँको काटिएको चेक १ थान रहेको छ ।


    अर्थ चाैतारी
  • विहिबार, १२ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट