logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • प्रधानमन्त्री शपथको पूर्वसन्ध्यामा बालेनले सार्वजनिक गरे र्‍याप गीत ‘जय महाकाली’

    प्रधानमन्त्री शपथको पूर्वसन्ध्यामा बालेनले सार्वजनिक गरे र्‍याप गीत ‘जय महाकाली’

    585
    SHARES
    प्रधानमन्त्री शपथको पूर्वसन्ध्यामा बालेनले सार्वजनिक गरे र्‍याप गीत ‘जय महाकाली’

    काठमाण्डौ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गीत सार्वजनिक गरेका छन् । बालेनकै आधिकारिक युट्युब च्यानलमा बिहीबार साँझ रिलिज गरिएको र्‍याप गीतमा उनकै शब्द, संगीत र स्वर छ ।



    गीतको भिडियोमा उनले देशको पूर्वदेखि पश्चिमसम्मसँग गरेको चुनावी यात्राका दृश्यहरू समावेश गरिएको छ । उनले मानिसहरूलाई भेटेका, कुरा गरेका, थेगिनसक्नु भिडले उनको स्वागत गरेका दृश्यहरू देख्न सकिन्छ ।

    शुक्रबार बालेनले प्रधानमन्त्रीको शपथ लिँदैछन् । गत फागुन २१ गते भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले झन्डै दुई तिहाइ सिट जितेको छ । बालेन कलाकारिता तथा इन्जिनियरिङ पृष्ठभूमिका हुन् ।


    अर्थ चाैतारी
  • विहिबार, १२ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट