काठमाण्डौ । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई संयुक्त राज्य अमेरिकाले बधाई दिएको छ। शुक्रबार अमेरिकाले प्रधानमन्त्री शाह तथा नयाँ सरकारलाई औपचारिक रूपमा बधाई दिएको हो।
काठमाडौँस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री शाहको सफल कार्यकालको कामना गरेको छ। दूतावासले अमेरिका नेपालसँग आपसी समृद्धि तथा क्षेत्रीय स्थिरता प्रवर्द्धन गर्न सहकार्य गर्न उत्सुक रहेको पनि उल्लेख गरेको छ।
दूतावासद्वारा जारी सन्देशमा दुई देशबीचको मित्रता र सहकार्यलाई अझ सुदृढ बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
अर्थ चौतारी ।