logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • शिक्षामन्त्री सस्मितको बोल्ड निर्णय, अब प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स प्रतिबन्ध

    शिक्षामन्त्री सस्मितको बोल्ड निर्णय, अब प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स प्रतिबन्ध

    312
    SHARES
    शिक्षामन्त्री सस्मितको बोल्ड निर्णय, अब प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स प्रतिबन्ध

    काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सबै तहका प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्समाथि प्रतिबन्ध लगाएको छ । जस अनुसार आगामी २०८३ साल वैशाख १ गतेदेखि विभिन्न तहमा भर्ना लक्षित प्रवेश परीक्षा तयारी (Entrance Preparation) कक्षा एवम् ब्रिज कोर्स बन्द गर्नु पर्ने छ ।



    मन्त्री सस्मित पोखरेलले मन्त्री स्तरीय निर्णय गर्दै विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना प्रक्रिया प्रारम्भ हुनुभन्दा अगाडि भर्नालाई लक्षित गरी विभिन्न संस्थाहरूले संचालन हुने प्रवेश परीक्षा तयारी (Entrance Preparation) कक्षा एवम् ब्रिज कोर्सका नामका कार्यक्रमहरू बन्द गर्ने निर्णय गरेका हुन्। यस्ता कार्यक्रमले विद्यार्थीको मनोविज्ञान तथा शिक्षामा समतामूलक पहुँचमा नकारात्मक प्रभाव पार्ने र विद्यार्थीका लागि अनावश्यक आर्थिक बोझसमेत पर्न जाने मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना लक्षित प्रवेश परीक्षा तयारी (Entrance Preparation) कक्षा एवम् ब्रिज कोर्सका नाममा विभिन्न संस्थाहरूले सञ्चालन गर्दै आएका त्यस्ता कार्यक्रमहरू आगामी २०८३ साल वैशाख १ गतेदेखि पूर्ण रूपमा बन्द गर्नु पर्ने छ। मन्त्रालयले सोही अनुसार गर्नु गराउन सम्बन्धित सबैमा निर्देशन पनि जारी गरेको छ ।

    यस्ता कार्यक्रमहरू सञ्चालन भए नभएको अनुगमन गरी सञ्चालन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउनसमेत मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई अनुरोध गरेको छ।


    अर्थ चाैतारी
  • सोमबार, १६ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट