logo

२०८३ बैशाख १७, विहिबार

logo
  • २०८३ बैशाख १७, विहिबार
  • वैदेशिक रोजगारीमा रहेकालाई सोपान फर्मास्युटिकल्सको आईपीओ बाँडफाँड

    वैदेशिक रोजगारीमा रहेकालाई सोपान फर्मास्युटिकल्सको आईपीओ बाँडफाँड

    351
    SHARES
    वैदेशिक रोजगारीमा रहेकालाई सोपान फर्मास्युटिकल्सको आईपीओ बाँडफाँड

    काठमाण्डौ । सोपान फर्मास्युटिकल्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज दिउँसो शेयर बाँडफाँड गरेको हो ।



    कम्पनीले चैत्र ९ गतेदेखि चैत्र १२ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख २९ हजार कित्ता शेयर निष्काशन गरेको थियो। एनएमबि क्यापिटलका अनुसार यस आईपीओमा ८२ हजार ९ सय ७९ जनाको आवेदन परेको थियो। तर ८२ हजार ९ सय ५१ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ ।

    माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ। जसमा ४२ हजार ९ सय जनाले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकी आवेदक भने हात खाली भएका छन् ।

    अब कम्पनीले आम सर्वसाधारणलाई ३४ लाख ७४ हजार ९ सय कित्ता शेयर निष्काशन गर्ने छ । नेपाल धितोपत्र बोर्डले फागुन १७ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो। शेयर सूचीकरण पश्चात सोपान फर्मास्युटिकल्स नेप्सेमा सूचीकृत हुने दोस्रो औषधि उत्पादक कम्पनी हुने छ ।

    कम्पनीका अध्यक्ष डा. अनिल पोखरेल हुन् भने अन्य संचालकमा भिम लाल पौड्याल, कृति कुमारी महतो, अनिश शाह र आङ दोर्जी लामा रहेका छन् । कम्पनीका सीइओ सुमन न्यौपाने हुन् । कम्पनीमा सोपान मल्टिपलको ४९ प्रतिशत शेयर स्वामित्व रहेको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, १७ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट