logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • शेयर बजारमा ७४ अंकको गिरावट, कारोबार रकम १२ अर्ब १० करोड

    शेयर बजारमा ७४ अंकको गिरावट, कारोबार रकम १२ अर्ब १० करोड

    507
    SHARES
    शेयर बजारमा ७४ अंकको गिरावट, कारोबार रकम १२ अर्ब १० करोड

    काठमाण्डौ । आज शेयर बजार भारी अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ७४ दशमलव ७३ अंकले घटेर २,७७६ को विन्दुमा कायम भएको छ । आज १३ वटा कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २५५ कम्पनीको शेयर मूल्य घटेको छ ।



    आज दिनभरिमा ३४७ कम्पनीको ३ करोड २ लाख ९२ हजार ४५२ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब १० करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७१ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको ४५ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ४३ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्स र सुपर खुदी हाइड्रोका लगानकिर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । भुजुङ हाइड्रोका लगानीकर्ताले ९ दशमलव ९९, रिज लाइन इनर्जीका लगानीकर्ताले पनि ९ दशलमव ९९ र सूर्यकुण्डका लगानीकर्ताले पनि ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।

    आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ९ दशलमव ८४ प्रतिशतका दरले गुमाएका हुन् ।


    अर्थ चाैतारी
  • बुधबार, १८ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट