logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • साताको दुई दिन विद्यालय बिदा हुने सूचना भ्रामक रहेकाे मन्त्रालयकाे प्रस्टाैटी

    साताको दुई दिन विद्यालय बिदा हुने सूचना भ्रामक रहेकाे मन्त्रालयकाे प्रस्टाैटी

    676
    SHARES
    साताको दुई दिन विद्यालय बिदा हुने सूचना भ्रामक रहेकाे मन्त्रालयकाे प्रस्टाैटी

    काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक संस्थाहरूमा साताको दुई दिन सार्वजनिक बिदा हुने भनी सामाजिक सञ्जालमा फैलिएको सूचना पूर्णतः भ्रामक र कपोलकल्पित रहेको स्पष्ट पारेको छ।



    ‘अप्रिल फुल’को सन्दर्भ पारेर केही व्यक्तिहरूले मन्त्रालयको नाम र लोगो दुरुपयोग गर्दै अब शनिबार र आइतबार दुई दिन विद्यालय बिदा हुने भनी फैलाएको सूचनाप्रति मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

    मन्त्रालयका सहसचिव एवं प्रवक्ता शिवकुमार सापकोटाद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त सूचनामा कुनै सत्यता नभएको उल्लेख गरिएको छ। मन्त्रालयको निर्णय, कारण र उद्देश्यसमेत उल्लेख गरी आधिकारिक जस्तो देखिने गरी बनाइएको सो सूचनाले आम विद्यार्थी, अभिभावक र शैक्षिक संस्थाहरूमा अन्योल सिर्जना गरेको भन्दै मन्त्रालयले यस्ता भ्रामक कुराको पछि नलाग्न सबैमा अनुरोध गरेको छ ।

    मन्त्रालयले सरकारी कागजात, छाप र हस्ताक्षरको दुरुपयोग गरी गलत सन्देश प्रवाह गर्नु गम्भीर अपराध भएको जनाएको छ । यस्तो भ्रामक एवं मिथ्या सूचना सम्प्रेषण गर्ने व्यक्तिहरूको पहिचान गरी प्रचलित कानुन बमोजिम कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायलाई अनुरोध समेत गरिएको छ ।

    suchana


    अर्थ चाैतारी
  • बुधबार, १८ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट