logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • नेपाल बैंक र ईकमर्स अनलाईन प्लेटफर्म दराजबीच भुक्तानी सेवा सम्झौता

    नेपाल बैंक र ईकमर्स अनलाईन प्लेटफर्म दराजबीच भुक्तानी सेवा सम्झौता

    403
    SHARES
    नेपाल बैंक र ईकमर्स अनलाईन प्लेटफर्म दराजबीच भुक्तानी सेवा सम्झौता

    काठमाण्डौ । नेपाल बैंक लिमिटेड र दराजबिच बैंकमा खाता रहेका ग्राहकहरुलाई अनलाईन पोर्टल मार्फत सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ । भोलि चैत्र २० गते देखि चैत्र २७ गते सम्म लागू हुने उक्त सम्झौतापत्रमा बैकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र दराजको तर्फबाट प्रवन्ध निर्देशक आँचल कुवरले हस्ताक्षर गरे ।



    नजिकिदै गरेको नयाँ वर्ष २०८३ लाई लक्षित गरी नेपाल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई छुट प्रदान गर्न ई–कमर्स प्लेटफर्मसंगको साझेदारीलाई निरन्तरता दिएको हो । नेपाल बैंकमा खाता रहेका ग्राहकहरुले दराज मार्फत अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा अधिकतम १०% वा रु ५०० सम्मको छुट र क्रेडिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५% वा रु ७५० सम्मको छुट प्राप्त गर्न सकिनेछ ।

    उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले उक्त कार्डमा इ–कमर्स गर्नुपर्नेछ र उक्त कार्य गर्दा कुनै शुल्क लाग्ने छैन । त्यसको लागि ग्राहकहरुले नेपाल बैंकको कुनै पनि शाखा मार्फत इ—कमर्स सक्रिय गर्नु पर्नेछ । बैंकले ग्राहकहरुलाई उक्त प्रयोजनार्थ आफ्नो कार्डमा इ–कमर्स गर्न र क्रेडिट कार्डको लागि आवेदन दिन समेत आग्रह गरेको छ ।


    अर्थ चाैतारी
  • विहिबार, १९ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट