logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • ४९ देशका २३६ आरोहीले लिए आरोहण अनुमति, सबैभन्दा बढीको रोजाई सगरमाथा

    ४९ देशका २३६ आरोहीले लिए आरोहण अनुमति, सबैभन्दा बढीको रोजाई सगरमाथा

    507
    SHARES
    ४९ देशका २३६ आरोहीले लिए आरोहण अनुमति, सबैभन्दा बढीको रोजाई सगरमाथा

    काठमाण्डौ । ४९ देशका २३६ आरोहीले आरोहण अनुमति लिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले दिएको जानकारी अनुसार सबैभन्दा बढीको रोजाई सगरमाथा रहेको छ ।



    विभागका अनुसार विभिन्न १५ वटा हिमाल आरोहण गर्न ३१ समूहका १७१ पुरुष र ६५ जना महिला गरी २३६ जनाले यो वर्षको वसन्त ऋतुको लागि मार्च १ देखि अप्रिल ५ सम्ममा अनुमति लिएका छन ।

    पर्यटन विभागका अनुसार यो आरोहण अनुमतिबाट २० करोड २२ लाख रुपैयाँ रोयल्टी संकलन भएको छ । विभागका अनुसार सगरमाथा आरोहण गर्न हालसम्ममा ८ समूहबाट ७३ जनाले अनुमति लिएका छन । यसबाट विभागले १६ करोड ४१ लाख रुपैयाँ रोयल्टी संकलन गरेको छ ।

    विभागका अनुसार हालसम्मम सबैभन्दा धेरे संख्यामा अनुमति लिनेमा आमादब्लम हिमालका लागि ३ वटा टोलिका ३४ जना छन् । सिजन सुरु हुँदै गरेकोले र ७५ दिनसम्मलाई आरोहण अनुमति पाइने भएकोले अप्रिल महिनाभर अनुमति लिन आउनेको संख्या बढ्दै जाने छ ।

    मे महिनामा सगरमाथासहितका धेरै हिमाल आरोहण हुन्छ । यसका लागि विभिन्न ४९ देशबाट ६५महिला र १७१ पुरुष रहेको पनि विभागले जानकारी दिएको छ।


    अर्थ चाैतारी
  • आइतबार, २२ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट