logo

२०८३ बैशाख १३, आइतबार

logo
  • २०८३ बैशाख १३, आइतबार
  • ‘साइबर बुलिङ’ व्यापक रूपमा फैलियो, संलग्नलाई तत्काल कारबाही गरिनुपर्छ : पद्मा अर्याल

    ‘साइबर बुलिङ’ व्यापक रूपमा फैलियो, संलग्नलाई तत्काल कारबाही गरिनुपर्छ : पद्मा अर्याल

    520
    SHARES
    ‘साइबर बुलिङ’ व्यापक रूपमा फैलियो, संलग्नलाई तत्काल कारबाही गरिनुपर्छ : पद्मा अर्याल

    काठमाण्डौ । नेकपा एमालेका सचिव पद्मा अर्यालले साइबर बुलिङको घटना बढेपछि आफूहरू केन्द्रीय साइबर ब्युरोमा गएर उजुरी दिएको बताएकी छन्।



    संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै साइबर बुलिङ पछिल्लो समय व्यापक रूपमा फैलिएको बताइन्।

    उनले भनिन्, ‘एउटा अनलाइन हिंसाको रूपमा मैले लिएको छु। कुनै एमाले समर्थक मात्रै होइन, यो विषयबाट राजनीतिक व्यक्तित्व, अरू सामाजिक व्यक्तित्व, हाम्रा समाजका साना साना नानीदेखि आमाहरू समेत हिंसाको शिकार बन्नु परेको छ। निकै नै अहिले पछिल्लो समय महिला माथि साइबर हिंसा बढेको छ।’

    साइबर बुलिङ घटनाक्रमलाई अध्ययन गर्नको लागि केही पीडितहरूसँग समेत आफूहरूले कुराकानी गरेको बताइन्।

    उनले थपिन्, ‘आज साइबर अपराध भइरहेको छ, दण्डहीनताको स्थिति छ। यसको अन्त्य गर्नुपर्छ। अहिलेका तत्कालका घटनाको निम्ति तथ्य सत्यमा आधारित भएर छानबिन गरेर कारबाही गरिनुपर्छ।’


    अर्थ चाैतारी
  • मंगलबार, २४ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट