logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • आइएमई लाइफमा आबद्धले नेपाल क्यान्सर हस्पिटलमा बिशेष छुट पाउने

    आइएमई लाइफमा आबद्धले नेपाल क्यान्सर हस्पिटलमा बिशेष छुट पाउने

    325
    SHARES
    आइएमई लाइफमा आबद्धले नेपाल क्यान्सर हस्पिटलमा बिशेष छुट पाउने

    काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल क्यान्सर हस्पिटलबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार यस कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुले नेपाल क्यान्सर हस्पिटलमा उपचारसेवा लिँदा १० प्रतिशत छुट प्राप्त गर्नेछन् भने स्वास्थ्य सेवा प्याकेजमा विषेश सहुलियत हुनेछ ।



    उक्त छुट सुविधा लिंदा नेपाल क्यान्सर अस्पताल तथा आइएमई लाइफ इन्स्योरेन्सका सम्पर्क व्यक्तिको सम्पुर्ण जानकारी कम्पनीको अधिकारिक बेवसाइटमा राखिएको छ । उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन् ।

    त्यस्तै, अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरि उक्त छुट सुविधाको लाभ लिन सक्नेछन् ।


    अर्थ चाैतारी
  • शुक्रबार, २७ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट