logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • गृहमन्त्री गुरुङको स्पष्टीकरणः मिडिया ट्रायल उनीहरूको छटपटी मात्र हो

    गृहमन्त्री गुरुङको स्पष्टीकरणः मिडिया ट्रायल उनीहरूको छटपटी मात्र हो

    273
    SHARES
    गृहमन्त्री गुरुङको स्पष्टीकरणः मिडिया ट्रायल उनीहरूको छटपटी मात्र हो

    काठमाण्डौ । पक्राउ परेका विवादित व्यवसायी दीपक भट्टसँग व्यावसायिक साझेदार भएको समाचार बाहिरिएसँगै गृहमन्त्री सुधन गुरुङले सोमबार राति फेसबुकमार्फत स्पष्टीकरण दिएका छन् ।



    उनले आफूविरुद्ध मिडिया ट्रायल र प्रायोजित हल्ला फैलाइएको भन्दै भ्रष्टाचारविरुद्धको कारबाही कुनै हालतमा नरोकिने लेखेका छन् ।

    गृहमन्त्री गुरुङले आफ्नो फेसबुक पोस्टमा लेखेका छन्, ‘वर्षौंदेखि जसले राष्ट्रको ढुकुटीमा रगत पसिना साटेको पैसामा आँखा गाडेका छन्, उनीहरू आज डराएका छन्। मिडिया ट्रायल र प्रायोजित हल्ला त केवल उनीहरूको छटपटी मात्र हो। कारबाही रोकिँदैन, डगमगाइँदैन ।’

    उनले भ्रष्टाचारविरुद्धको कारबाहीमा अडिग रहने प्रतिबद्धता व्यक्त गर्दै ठुला भ्रष्टाचारीहरूमाथि यत्तिको मेहनत नदेखिएकोमा असन्तुष्टि जनाएका छन् । ‘दिनको ५० करोड भ्रष्टाचार गर्नेको पछाडि पनि यत्तिको दुःख गरेर लागेको देखिनँ,’ उनले थप लेखेका छन् ।


    अर्थ चाैतारी
  • मंगलबार, ८ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट