logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टाका लागि बन्द

    भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टाका लागि बन्द

    845
    SHARES
    भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टाका लागि बन्द

    झापा । भारतको पश्चिम बङ्गाल प्रान्तमा हुने विधानसभाको चुनावका कारण सोमबार साँझदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द गरिएको छ।



    भारतको दार्जिलिङ जिल्ला प्रशासन कार्यालयले सोमबार साँझ ६ बजेदेखि वैशाख १० गते मतदान सम्पन्न नभएसम्म काँकरभिट्टासँग सीमा जोडिएको पानीटङ्की नाकाबाट मानिस तथा सवारीसाधन आवतजावत पूर्ण रूपमा बन्द गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

    भारतको पश्चिम बङ्गालमा वैशाख १० गते विधानसभाको चुनाव हुँदै छ। विगतमा पनि नेपाल र भारत दुवैतर्फ चुनावअघि सहमतिमा नाकामा आवागमन बन्द गरिँदै आइएको थियो।

    ‘बोर्डर सिल’ गरिएको अवधिमा पैदल हिँड्ने सर्वसाधारण र सवारीसाधनको आवतजावत पूर्ण रूपमा बन्द गरिने भए पनि उपचारका लागि बिरामी र अति जरुरी कामका लागि परिचय देखाएर सीमामा आवतजावत गर्न दिइने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खड्काले बताए।

    नेपाल र बङ्गलादेशका पर्यटकको हकमा आफ्नो मुलुक जानका लागि भारतीय प्रशासनले परिचय खुल्ने कागजपत्र देखाएमा आवतजावतमा सहजीकरण गरिदिने भएको उनलेे जानकारी दिए।


    अर्थ चाैतारी
  • मंगलबार, ८ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट