logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • ज्योति विकास बैंकले देशभर १ हजार ७ सय बिरुवा रोप्यो

    ज्योति विकास बैंकले देशभर १ हजार ७ सय बिरुवा रोप्यो

    559
    SHARES
    ज्योति विकास बैंकले देशभर १ हजार ७ सय बिरुवा रोप्यो

    काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले देशव्यापी रूपमा सातै प्रदेशमा वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । बैंकले विभिन्न प्रदेशका फरक–फरक स्थानमा कार्यक्रम सञ्चालन गर्दै कुल १ हजार ७०० वटा बिरुवा रोपेको जनाएको छ । उक्त कार्यक्रम बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत स्थापना गरिएको ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत सञ्चालन गरिएको हो ।



    कार्यक्रम अन्तर्गत सातै प्रदेशमा समान रूपमा वृक्षारोपण गरिएको छ, जहाँ प्रत्येक प्रदेशमा २५० वटा बिरुवा रोपिएको बैंकले जनाएको छ । यस पहलमार्फत वातावरणीय सन्तुलन कायम राख्ने, स्थानीय समुदायमा हरियाली विस्तार गर्ने, स्वच्छ वातावरण संरक्षण गर्ने तथा जनस्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने लक्ष्य लिइएको छ। रोपिएका बिरुवाहरूले दीर्घकालमा स्वच्छ हावा आपूर्ति, पारिस्थितिक सन्तुलन संरक्षण तथा दिगो जीवनशैली प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास बैंकले व्यक्त गरेको छ ।

    ज्योति विकास बैंकले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा लुम्बिनी वर्ल्ड पिस फोरमसँग सहकार्य गरी देशव्यापी वृक्षारोपण गर्ने घोषणा गरेको थियो । सोही सहकार्य सम्झौताअनुसार कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्दै वृक्षारोपण सम्पन्न गरिएको हो ।

    बैंकले आगामी दिनमा पनि यस्ता प्रभावमुखी सामाजिक पहलहरूलाई निरन्तरता दिँदै समाजको समग्र विकास र अभ्युदयमा योगदान पुर्याउने प्रतिबद्धता जनाएको छ । संस्थागत सुशासनलाई आत्मसात् गर्दै समाजप्रति उत्तरदायी भूमिका निर्वाह गरिरहेको बैंकले नवीन सोचसहित दिगो परिवर्तनको संवाहक बन्ने लक्ष्य लिएको छ ।

    साथै, बैंकले आफ्नो खुद मुनाफाबाट अन्य बैंक तथा वित्तीय संस्थाहरूको तुलनामा ५० प्रतिशत बढी रकम सामाजिक उत्तरदायित्वका कार्यमा विनियोजन गर्दै आएको जनाएको छ । ‘स्वस्थ र सुदृढ जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो’ भन्ने मान्यताअनुसार बैंकले नवजात शिशुको जीवन रक्षा सम्बन्धी कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । ‘न्यानो नानी’ कार्यक्रममार्फत हरेक वर्ष २,५९० भन्दा बढी नेपाली शिशुको जीवन रक्षा गर्न योगदान पुगेको बैंकको दाबी छ ।


    अर्थ चाैतारी
  • मंगलबार, ८ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट