काठमाण्डौ । सेयरबजारमा सामान्य गिरावट देखिएको छ। बजार परिसूचक नेप्से २.९५ अंकले घटेर २८०४.१७ विन्दुमा झरेको हो। यस दिन ७ अर्ब ८१ करोडको सेयर कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको हो।
कुल कारोबार रकममा आज नेशनल हाइड्रोपावरको ४१ करोड, रिलायन्स स्पिनिङ मिल्स ३२ करोड, सोलु हाइड्रो ३१ करोड, होटल फरेस्ट इन २८ करोड र एसवाई प्यानलको २६ करोडको उच्च कारोबार भएको हो।
कुल १ करोड ७५ लाख कित्ता किनबेचमा यो परिमाणको कारोबार भएको हो। यस दिन १२१ वटा सेयरको मूल्य बढेको छ भने १३८ वटाको घटेको र १० वटाको अघिल्लो मूल्यमै कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
बुधबार वाणिज्य बैंक, फाइनान्स, लगानी, उत्पादन, निर्जीवन बीमा बढ्दा बाँकी समूह ओरालो लागेका छन्। बढेकामध्ये पाल्पा सिमेन्ट १५ प्रतिशत, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक १४.९९, शिखर पावर डेभलपमेन्टको १४.९९ प्रतिशत, झापा इनर्जीको १४.०८ प्रतिशतले मूल्य बढेको छ। घटेकामध्ये होटल फरेस्ट इन अगाडि छ। कम्पनीको १०.७५ प्रतिशतले मूल्य घट्दा एसियन हाइड्रोपावर ८.३८ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंक ७.८४ प्रतिशत, सुपर खुदी हाइड्रो ७.७८ प्रतिशतले घटेको नेप्सेले जनाएको छ।
अर्थ चाैतारी ।