logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • ९ महिनामा लघु निर्जीवन बीमकले भित्र्याए ९८ करोड ६९ लाख रुपैयाँ बढी कुल बीमाशुल्क

    ९ महिनामा लघु निर्जीवन बीमकले भित्र्याए ९८ करोड ६९ लाख रुपैयाँ बढी कुल बीमाशुल्क

    364
    SHARES
    ९ महिनामा लघु निर्जीवन बीमकले भित्र्याए ९८ करोड ६९ लाख रुपैयाँ बढी कुल बीमाशुल्क

    काठमाण्डौ । लघु निर्जीवन बीमकले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत)सम्म ९८ करोड ६९ लाख रुपैयाँबराबरको व्यापार भित्र्याएको छ। चालु आर्थिक वर्षको ९ महिनामा ४ वटा लघु निर्जीवन बीमकले ३ लाख ७४ हजार ६६३ वटा बीमालेख जारी गर्दै ९८ करोड ६९ लाख रुपैयाँ बढी कुल बीमाशुल्क संकलन गरेका हुन्।



    लघु निर्जीवन बीमकमध्ये यो ९ महिनामा सर्वाधिक व्यापार भित्र्याउनेमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स रहेको छ। यो कम्पनीले १ लाख ८ हजार २६७ वटा बीमालेख जारी गर्दै २७ करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।

    दोस्रो धेरै व्यापार भित्र्याउनेमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ। यो कम्पनीले चैतसम्म ९२ हजार ४४ वटा बीमालेख बिक्री गर्दै २४ करोड ८९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।

    यसैगरी स्टार माइक्रो इन्स्योरेन्सले १ लाख २ हजार १८१ वटा बीमालेख बिक्री गर्दै २३ करोड रुपैयाँ र ट्रस्ट माइक्रो इन्स्योरेन्सले ७२ हजार १७१ वटा बीमालेख जारी गर्दै २२ करोड ९६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्।

     


    अर्थ चाैतारी
  • विहिबार, १० बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट