logo

२०८३ बैशाख १३, आइतबार

logo
  • २०८३ बैशाख १३, आइतबार
  • धनगढीको विकास देखेर छक्क परेँ, हामीले धेरै सिक्नु छ: मेयर महर्जन

    धनगढीको विकास देखेर छक्क परेँ, हामीले धेरै सिक्नु छ: मेयर महर्जन

    234
    SHARES
    धनगढीको विकास देखेर छक्क परेँ, हामीले धेरै सिक्नु छ: मेयर महर्जन

    धनगढी । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले धनगढी उपमहानगरपालिकाले गरेको विकासको प्रशंसा गर्दै ललितपुरले धनगढीबाट धेरै कुरा सिक्न बाँकी रहेको बताएका छन्। धनगढी उपमहानगरपालिकामा आइतबार आयोजित ‘ई–वेस्ट प्रोसेसर ट्रेनिङ’ उद्घाटन कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन्।



    मेयर महर्जन धनगढीबाट सोमवार परशुराममा हुने कार्यक्रममा सहभागी हुनेछन्। धनगढीले नेपालमै पहिलो पटक सुरु गरिएको यस तालिमको उद्घाटनका क्रममा मेयर महर्जनले धनगढीको ६ लेन सडक, त्यहाँ जडान गरिएका स्मार्ट लाइट र सडकको हरियाली देखेर आफू निकै प्रभावित भएको बताए। ‘म त धनगढीको बत्ती बलेको देखेर छक्क परेँ, लेभल मिलेको बत्ती देखेर म एकदम खुसी छु, धनगढीले गोपाल हमाल जस्तो काम गर्ने मेयर पाउनु गर्वको कुरा हो’,उनले भने।

    मेयर महर्जनले ललितपुर विश्व सम्पदा सूचीमा परेको सानो भूगोलको सहर भए पनि फोहोर व्यवस्थापनमा अझै चुनौती रहेको उल्लेख गरे। उनले ललितपुरमा पेट्रोल-डिजेलका गाडी नकिन्ने नीति लिइएको र फोहोर बोक्ने बाहेकका सबै गाडी विद्युतीय खरिद गरिसकिएको जानकारी दिए। धनगढीले सुरु गरेको ई–वेस्ट व्यवस्थापनको यो नमुना कार्यक्रम आफूले पनि ललितपुरमा लागू गर्ने उनले बताए।

    कार्यक्रम उनले आफू र धनगढीका मेयर गोपाल हमालबिच चार वर्षअघि मलेसियामा भेट हुँदा स्मार्ट सिटीको अवधारणाबारे छलफल भएको स्मरण गर्दै अहिले धनगढीले त्यसलाई व्यवहारमा उतारेकोमा प्रशंसा गरे।

    धनगढी उपमहानगरपालिकाको सभाहलमा आयोजित उक्त कार्यक्रममा मेयर महर्जनले भूकम्पपछि ललितपुरका मन्दिर पुननिर्माणमा जनसहभागिताबाटै ठुलो रकम सङ्कलन गरी काम गरिएको अनुभव समेत साटे। ‘हामी एक अर्काबाट सिक्ने हो, धनगढी अहिले नमुना काम गरिरहेको उत्कृष्ट उपमहानगरपालिका बनेको छ,’ उनले भने।


    अर्थ चाैतारी
  • आइतबार, १३ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट