logo

२०८३ बैशाख १३, आइतबार

logo
  • २०८३ बैशाख १३, आइतबार
  • लागूऔषध मुद्दा मिलाइदिने भन्दै ५० हजार घुस लिने प्रहरी वरिष्ठ हवलदार अख्तियारको नियन्त्रणमा

    लागूऔषध मुद्दा मिलाइदिने भन्दै ५० हजार घुस लिने प्रहरी वरिष्ठ हवलदार अख्तियारको नियन्त्रणमा

    169
    SHARES
    लागूऔषध मुद्दा मिलाइदिने भन्दै ५० हजार घुस लिने प्रहरी वरिष्ठ हवलदार अख्तियारको नियन्त्रणमा

    काठमाण्डौ । जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत एक प्रहरी वरिष्ठ हवलदारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।



    जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीले लागूऔषध मुद्दामा सहजीकरण गरिदिने प्रलोभन देखाई सेवाग्राहीसँग घुस माग गरेको सूचनाका आधारमा उनलाई शनिबार पक्राउ गरिएको हो।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले क्षेत्रीलाई सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित वैशाख १२ गते नियन्त्रणमा लिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

    आयोगका अनुसार पक्राउ परेका क्षेत्रीमाथि थप अनुसन्धान भइरहेको छ।


    अर्थ चाैतारी
  • आइतबार, १३ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट