logo

२०८३ बैशाख १३, आइतबार

logo
  • २०८३ बैशाख १३, आइतबार
  • सुनको भाउ आज बढ्यो, चाँदी पनि महँगियो

    सुनको भाउ आज बढ्यो, चाँदी पनि महँगियो

    390
    SHARES
    सुनको भाउ आज बढ्यो, चाँदी पनि महँगियो

    काठमाण्डौ । आज सुनचाँदीकै मूल्य बढेको छ। गएका तीन दिनसम्म लगातार घटेको सुनचाँदीकै मूल्य आज बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।



    तोलामा २७ सय बढेर आज सुनको भाउ २ लाख ९९ हजार २ सय रुपैयाँ पुगेको छ। यसअघि गएको बुधबार, बिहीबार र शुक्रबार सुनको भाउ घटेको थियो। सुनको भाउ शुक्रबार तोलाको २२ सय घटेर २ लाख ९६ हजार ५ सयमा झरेको थियो।

    बिहीबार सुनको मूल्य तोलामा १८ सय र बुधबार पनि तोलामा आठसय रुपैयाँ घटेको थियो। त्यसैगरि आज चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँ बढेर ४ हजार ९९५ रुपैयाँ पुगेको छ।

    गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

    त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

    माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।


    अर्थ चाैतारी
  • आइतबार, १३ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट