logo

२०८३ बैशाख १३, आइतबार

logo
  • २०८३ बैशाख १३, आइतबार
  • सुकुमवासीको अवस्था बुझ्न खटियो मानव अधिकार आयोगको टोली

    सुकुमवासीको अवस्था बुझ्न खटियो मानव अधिकार आयोगको टोली

    351
    SHARES
    सुकुमवासीको अवस्था बुझ्न खटियो मानव अधिकार आयोगको टोली

    काठमाण्डौ । सुकुमवासीको अवस्था बुझ्न राष्ट्रिय मानव अधिकार आयोगको टोली फिल्डमा खटिएको छ । आयोगको टोली सुकुमवासीको अवस्था बुझ्न आज बिहान कीर्तिपुरस्थित राधा स्वामी सत्सङ्ग व्यासमा पुगेको छ ।



    शनिबार थापाथली र गैह्रीधारा क्षेत्रबाट सुकुमवासीलाई हटाइएको थियो । उनीहरुलाई नेपाल प्रहरी र नगर प्रहरीको टोलीले नागार्जुन, कीर्तिपुरको सत्संग भवन लगायतका स्थानमा लगेर राखेको छ । उनीहरुलाई हटाउँदा मानव अधिकार हनन भएको आरोप समेत लाग्ने गरेकाले मानव अधिकार आयोगको टोली अनुगमनका लागि खटिएको हो ।

    आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले सुकुमवासीहरुको अवस्था बुझ्न आयोगको टोली खटिएको जानकारी दिए ।

    आयोगले सुकुमवासीहरुको व्यवस्थापनको सन्दर्भमा २०६९ सालमा सरकारलाई गरेको सिफारिस कार्यान्वयन गर्न भन्दै यही वैशाख ११ गते पत्राचार गरेको थियो । आयोगले २०६९ साल जेठ १ गते वास्तविक सुकुमवासीहरुको पहिचान गरी उनीहरुको बसोबासको वैकल्पिक व्यवस्था मिलाएर मात्र व्यवस्थापन गर्न सरकारलाई भनेको थियो ।

    साथै अतिक्रमित जग्गाका घर टहरा खाली गराउने क्रममा अत्यधिक बल प्रयोग नगर्न र संयमित हुन पनि निर्देशन दिएको थियो ।


    अर्थ चाैतारी
  • आइतबार, १३ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट