logo

२०८३ बैशाख १४, सोमबार

logo
  • २०८३ बैशाख १४, सोमबार
  • आत्मघाती बम विष्फोटमा मालीका रक्षा मन्त्री साडियो कामाराको मृत्यु

    आत्मघाती बम विष्फोटमा मालीका रक्षा मन्त्री साडियो कामाराको मृत्यु

    234
    SHARES
    आत्मघाती बम विष्फोटमा मालीका रक्षा मन्त्री साडियो कामाराको मृत्यु

    काठमाण्डाै । पश्चिम अफ्रिकी मुलुक मालीका रक्षा मन्त्री साडियो कामाराको विद्रोहीहरूको समन्वयकारी आक्रमणमा परी मृत्यु भएको छ। जिहादी लडाकु र पृथकतावादी समूहहरूले देशका विभिन्न स्थानमा एकसाथ गरेका शृङ्खलाबद्ध आक्रमणका क्रममा मन्त्री कामाराको ज्यान गएको सरकारी सञ्चार माध्यमहरूले पुष्टि गरेका छन्।



    शनिबार भएको उक्त आक्रमणमा आत्मघाती आक्रमणकारीले विस्फोटक पदार्थले भरिएको सवारी साधन मन्त्रीको निवासमा ठोक्काएका थिए। विष्फोटका कारण उनको निवास र नजिकैको एउटा मस्जिद ध्वस्त भएको छ, जहाँ प्रार्थना गरिरहेका केही भक्तजनहरूको पनि मृत्यु भएको छ।

    सरकारी प्रवक्ता इस्सा उस्मान कुलिबालीका अनुसार मन्त्री कामाराले आक्रमणकारीहरूसँग भिडन्त गर्ने क्रममा केहीलाई मार्न सफल भए पनि आफू घाइते भएका थिए र उपचारका क्रममा अस्पतालमा उनको मृत्यु भयो।

     

    सैनिक प्रमुख सुरक्षित स्थानमा, विद्रोहीको कब्जामा किदाल
    आक्रमणका क्रममा मालीको सैन्य जुन्ताका प्रमुख जनरल आसिमी गोइताको निवासलाई पनि निशाना बनाइएको थियो, तर उनलाई सुरक्षित स्थानमा सारिएको छ। यता देशको उत्तरी भेगमा रहेको रणनीतिक शहर किदालमा रुसी भाडाका सैनिक (अफ्रिका कप्स) र विद्रोही ‘अजावाद लिबरेशन फ्रन्ट’ (एफएलए) बीच भीषण संघर्ष भएको छ। विद्रोहीहरूले रुसी सैनिकहरूलाई शहर छोड्न बाध्य पारेको र अहिले किदाल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा आएको दाबी गरेका छन्।

    विद्रोहीहरूले यो आक्रमणको तयारी महिनौँदेखि गरिरहेको बताएका छन्। उत्तरी शहरहरूमा पृथकतावादी तुआरेग विद्रोहीहरूले केन्द्रित आक्रमण गरेका छन् भने जिहादी समूह ‘जेएनआईएम’ ले देशका अन्य भागमा हिंसा मच्चाएका छन्। विज्ञहरूका अनुसार यो मालीमा विगत केही वर्षयताकै सबैभन्दा ठुलो र व्यवस्थित जिहादी आक्रमण हो।

    आक्रमणको जवाफमा माली सरकारले देशभर ‘हाइ अलर्ट’ जारी गरेको छ। राजधानी बामाको लगायतका क्षेत्रमा रात्रिकालीन कर्फ्यु लगाइएको छ भने सुरक्षा चेकपोष्टहरूमा कडाइ गरिएको छ।

    संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले यस हिंसात्मक कार्यको कडा निन्दा गर्दै मालीका जनताप्रति ऐक्यबद्धता प्रकट गरेका छन्। अफ्रिकी युनियन र पश्चिम अफ्रिकी देशहरूको आर्थिक समुदाय (इकाेवास) ले पनि यसलाई बर्बर कार्य भन्दै निन्दा गरेका छन्। बुर्किना फासोका सैन्य शासक इब्राहिम ट्राओरेले यस आक्रमणलाई साहेल क्षेत्रको स्वतन्त्रता विरोधी तत्वहरूको खेल भएको टिप्पणी गरेका छन्।

    सन् २०२० मा सुरक्षा र स्थिरता कायम गर्ने वाचासहित सत्ता कब्जा गरेको सैन्य जुन्ताका लागि यो घटना सबैभन्दा ठुलो चुनौती बनेको छ।

     


    अर्थ चाैतारी
  • सोमबार, १४ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट