logo

२०८३ बैशाख १४, सोमबार

logo
  • २०८३ बैशाख १४, सोमबार
  • अर्थतन्त्रमा ‘फिजियोथेरापी’ होइन, अब सर्जरी चाहिन्छ : युवराज खतिवडा

    अर्थतन्त्रमा ‘फिजियोथेरापी’ होइन, अब सर्जरी चाहिन्छ : युवराज खतिवडा

    247
    SHARES
    अर्थतन्त्रमा ‘फिजियोथेरापी’ होइन, अब सर्जरी चाहिन्छ : युवराज खतिवडा

    काठमाण्डौ । पूर्व गभर्नर डा. युवराज खतिवडाले नेपालको अर्थतन्त्र अहिले स्वस्थ रूपमा मोटाएको नभई सुन्निएको अवस्थामा रहेको भन्दै सामान्य सुधारभन्दा पनि संरचनात्मक ‘सर्जरी’ आवश्यक रहेको बताएका छन् । सोमबार नेपाल राष्ट्र बैंकको ७१ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले राष्ट्र बैंकले गरेका साना–साना ‘फिजियोथेरापी’ले मात्र समस्या समाधान नहुने उल्लेख गर्दै गम्भीर नीतिगत हस्तक्षेप आवश्यक रहेको बताए ।



    उनले ऐतिहासिक रूपमा ब्याजदर न्यून बिन्दुमा झरे पनि कर्जाको माग नबढेको उल्लेख गर्दै अहिलेको समस्या केवल राष्ट्र बैंकभित्र सीमित नभई बाह्य आर्थिक संरचनासँग पनि जोडिएको बताए । ‘१८ प्रतिशत ब्याजदर हुँदा पनि कर्जा लगानी भएकै थियो, त्यसैले अहिलेको समस्या राष्ट्र बैंकमा मात्रै छैन, बाहिर पनि छ,’ उनले भने ।

    खतिवडाले कर्जाको गुणस्तरीयता कायम गर्न हालका व्यवस्थाको पुनरावलोकन गर्नुपर्नेमा जोड दिए । कृषिमा प्रवाह भएको कर्जाबारे राष्ट्र बैंक आफैंले राम्रो नभएको प्रतिवेदन बनाउनु गम्भीर विषय भएको उनको भनाइ थियो । वित्तीय समावेशीकरणका लागि लघुवित्तको लाइसेन्स खुला गरिए पनि विपन्न वर्गबाहेक अन्यले समेत ऋण लिँदा लघुवित्त क्षेत्रमा समस्या देखिएको उनले बताए ।

    राष्ट्र बैंकलाई ‘थिंक ट्यांक इन्स्टिच्युट’ का रूपमा उल्लेख गर्दै खतिवडाले यस संस्थाबाट राष्ट्रिय योजना आयोगलगायत विभिन्न निकायमा नेतृत्व पुगेको स्मरण गरे । देशमा कुनै समस्या आउँदा राष्ट्र बैंकका कर्मचारीको खोजी हुने गरेको भन्दै उनले संस्थाको स्वायत्तता कायम राख्नुपर्ने बताए ।

    उनले राष्ट्र बैंक ऐनमा अर्थसचिवलाई हटाउने बहसभन्दा पनि समन्वय र जवाफदेहितामा जोड दिनुपर्ने धारणा राखे । ‘जवाफदेहीसहितको स्वायत्तता हुनुपर्छ, नीतिगत बहस हुन सक्छ तर व्यक्तिगत टकराव हुनु हुँदैन,’ उनले भने । आफू गभर्नर हुँदा फरक–फरक दलका पाँच अर्थमन्त्रीसँग काम गरेको स्मरण गर्दै उनले कहिल्यै टसलको अवस्था नआएको बताए। अहिलेका गभर्नरले पनि राजनीतिक नेतृत्वलाई बुझाउन सक्नुपर्ने उनको सुझाव थियो ।

    उनले भने, ‘ब्याजदर धेरै हुँदा सेयर बजार घट्यो भन्ने साथीहरू आज कता हुनुहुन्छ ? आज ६ प्रतिशत ब्याजदर हुँदा पनि कर्जा बढ्न सकेको छैन ।’

     


    अर्थ चाैतारी
  • सोमबार, १४ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट