काठमाण्डाै । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रको आर्थिक रुपान्तरणको लागि विभिन्न ४ वटा क्षेत्रलाई अघि सारेका छन् । उनले आज ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र’ नाम दिएर श्वेतपत्र सार्वजनिक गर्दै आर्थिक रुपान्तरणको लागि ४ वटा क्षेत्रलाई अघि सारेका हुन् ।
मन्त्री वाग्लेले आगामी आर्थिक वर्षदेखि औसत सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्दै पाँचदेखि सात वर्षभित्र प्रति व्यक्ति आय तीन हजार अमेरिकी डलर नाघ्ने र अर्थतन्त्रको आकार सय अर्ब अमेरिकी डलर नजिक पुऱ्याई नेपाललाई सम्मानजनक मध्यम आय भएको मुलुक बनाउने विभिन्न आधारहरू रहेको उल्लेख गरेका छन्। आर्थिक रुपान्तरणको लागि संवाहकको रुपमा अघि सारिएको ४ क्षेत्रमा उर्जा, कृषि, पर्यटन र सूचना प्रविधि रहेका छन्।
विद्युत उत्पादनमा कुल जडित क्षमता आगामी ५ वर्षभित्र १५ हजार मेगावाटसम्म पुऱ्याउने, राष्ट्रिय गौरवका महत्त्वपूर्ण आयोजनाहरूको निर्माण कार्य आगामी दुई वर्षभित्र सम्पन्न गर्ने, रणनीतिक महत्त्वका नयाँ आयोजनाहरू विकास गर्ने लगायतका पूर्वाधार विकासबाट निजी लगानी समेत आकर्षित भई आर्थिक वृद्धिमा तीव्रता आउने सरकारले उल्लेख गरेको छ ।
त्यस्तै कृषिको आधुनिकीकरण र व्यवसायीकरण गर्दै उद्योग र पर्यटनसँग दरिलो अन्तरआवद्धता मार्फत उत्पादनमूलक रोजगारी अभिवृद्धि हुने भनिएको छ।
पर्यटन क्षेत्रमा गुणस्तरीय पूर्वाधार विकास र पर्यटकीय सेवा तथा आवागमनमा सहजता मार्फत रोजगारी र आय अभिवृद्धि गर्ने सरकारको योजना छ।
कृत्रिम बौद्धिकता (एआई) उपयोग सहितको सूचना तथा प्रविधिको उपयोग र डिजिटल अर्थतन्त्र निर्माणबाट उत्पादन, उत्पादकत्व, रोजगारी र निर्यात अभिवृद्धि हुने श्वेतपत्रमा उल्लेख छ।
हेर्नुस् श्वेतपत्रको पूर्णपाठ :
Skip to PDF content
अर्थ चाैतारी ।