logo

२०८३ बैशाख १४, सोमबार

logo
  • २०८३ बैशाख १४, सोमबार
  • व्यवसायी सुलभ अग्रवाललाई थुनामा राख्नुपर्ने कारण पेस गर्न सर्वोच्चको आदेश

    व्यवसायी सुलभ अग्रवाललाई थुनामा राख्नुपर्ने कारण पेस गर्न सर्वोच्चको आदेश

    442
    SHARES
    व्यवसायी सुलभ अग्रवाललाई थुनामा राख्नुपर्ने कारण पेस गर्न सर्वोच्चको आदेश

    काठमाण्डौ । व्यवसायी सुलभ अग्रवाललाई थुनामा राख्नुपर्ने कारण पेस गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।



    सुलभका बाबु शंकरलाल अग्रवालले तीन दिन अगाडि सर्वोच्च अदालतमा पेस गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश शान्तिसिंह थापाको इजलासले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

    शंकर ग्रुपअन्तर्गत जगदम्बा होल्डिङ्सका अध्यक्ष अग्रवाललाई सम्पत्ति शुद्धीकरण विभागले गत चैत २२ मा पक्राउ गरेको थियो। विभागले अनुसन्धानकै क्रममा सुलभका बाबुलाई पनि काठमाण्डौबाट नियन्त्रणमा लिएको थियो। तर, उनी हाजिरी जमानीमा रिहा भएका छन्।

    इन्फिनिटी होल्डिङ्स र शंकर ग्रुपबीच भएको शंकास्पद आर्थिक कारोबार अनुसन्धानका क्रममा शुलभ पक्राउ परेका थिए। करोडौँको शंकास्पद आर्थिक कारोबार देखिएपछि नेपाल राष्ट्र बैंकले साढे २ वर्षअघि शंकर ग्रुप र इन्फिनिटी होल्डिङ्सबीच भएका वित्तीय कारोबारको अनुसन्धान गर्न विभागलाई पत्र पठाएको थियो।

    सम्पत्ति शुद्धीकरण विभागले उनीसँग कनेक्सन जोडिएका व्यवसायीहरु दीपक भट्ट र शेखर गोल्छलाई पनि अनुसन्धानमा तानिएपछि उनीहरुमाथि पनि अनुसन्धान भइरहेको छ ।


    अर्थ चाैतारी
  • सोमबार, १४ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट