logo

२०८३ बैशाख १४, सोमबार

logo
  • २०८३ बैशाख १४, सोमबार
  • सङ्घीय निजामती सेवा विधेयकको मस्यौदामा ३५ सय भन्दा बढी सुझाव प्राप्त

    सङ्घीय निजामती सेवा विधेयकको मस्यौदामा ३५ सय भन्दा बढी सुझाव प्राप्त

    377
    SHARES
    सङ्घीय निजामती सेवा विधेयकको मस्यौदामा ३५ सय भन्दा बढी सुझाव प्राप्त

    काठमाण्डौ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारिरहेको सङ्घीय निजामती सेवा विधेयकको प्रारम्भिक मस्यौदामा व्यापक जनचासो देखिएको छ। मन्त्रालयका अनुसार मस्यौदा सार्वजनिक गरिएपछि हालसम्म तीन हजार पाँच सयभन्दा बढी राय, सुझाव तथा पृष्ठपोषण प्राप्त भइसकेका छन्।



    मन्त्रालयले वैशाख ११ गते आफ्नो आधिकारिक वेबसाइट (www.mofaga.gov.np) मार्फत मस्यौदा सार्वजनिक गर्दै सरोकारवाला निकाय, राष्ट्रसेवक कर्मचारी तथा आम नागरिकबाट सुझाव मागेको थियो। साथै, सामाजिक सञ्जालमा व्यक्त भएका प्रतिक्रियाहरू पनि संकलन गरी विश्लेषण भइरहेको जनाइएको छ।

    प्राप्त सुझावहरूलाई व्यवस्थित रूपमा अध्ययन तथा विश्लेषण गर्न प्रशासन सुधार महाशाखा प्रमुखको संयोजकत्वमा एक कार्यसमूह गठन गरिएको मन्त्रालयले जनाएको छ। उक्त कार्यसमूहले सुझावहरूको औचित्य र उपयुक्तताको आधारमा मस्यौदामा समावेश गर्ने काम गरिरहेको छ।

    मन्त्रालयले मस्यौदा प्रारम्भिक भएकाले यसमा सुधारका धेरै क्षेत्रहरू रहेको स्वीकार गरेको छ। अन्तिम रूप दिनुअघि सरोकारवालाबाट आएका सुझावहरूलाई गम्भीरतापूर्वक अध्ययन गरी आवश्यक संशोधन गरिने आश्वासन पनि दिएको छ।

    यसअघि उपलब्ध गराइएको लिंकका अतिरिक्त इच्छुक व्यक्तिहरूले adminreformmofaga@gmail.com इमेल तथा ९८५१०३६३२४, ९८५११२४४७४ र ९८५११६२४७७ नम्बरका ह्वाट्सएपमार्फत पनि आफ्ना सुझाव पठाउन सक्ने मन्त्रालयले जानकारी दिएको छ।

    677925804_1462961152298460_7165469398995152933_n


    अर्थ चाैतारी
  • सोमबार, १४ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट