logo

२०८३ बैशाख १५, मंगलबार

logo
  • २०८३ बैशाख १५, मंगलबार
  • ग्लोबल आइएमई बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५४ लाख, निक्षेप ६.२६ खर्ब पुग्यो

    ग्लोबल आइएमई बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५४ लाख, निक्षेप ६.२६ खर्ब पुग्यो

    416
    SHARES
    ग्लोबल आइएमई बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५४ लाख, निक्षेप ६.२६ खर्ब पुग्यो

    काठमाण्डौ । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा ३ अर्ब ५४ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ । बैंकको वित्तीय विवरणअनुसार यस आधारमा बैंकको लाभांश क्षमता १०.५० प्रतिशत देखिएको छ ।



    चालु आवको चैत मसान्तसम्म बैंकले ४ अर्ब ४० करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकको खुद नाफा ४ अर्ब ५३ करोड रुपैयाँ थियो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११ अर्ब ८८ करोड रुपैयाँ छ, जुन गत वर्षको तुलनामा केही कम हो । गत वर्षको तेस्रो त्रैमासमा यस्तो आम्दानी १२ अर्ब ३१ करोड रुपैयाँ थियो ।

    बैंकको कुल सञ्चालन आम्दानी १६ अर्ब २ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ५ अर्ब ९० करोड रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा बैंकको सञ्चालन नाफा ६ अर्ब ३३ करोड रुपैयाँ थियो ।

    बैंकले निक्षेप संकलनमा भने उल्लेख्य वृद्धि गरेको छ । चैत मसान्तसम्म बैंकले ६ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ३९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ५ खर्ब ५० अर्ब निक्षेप संकलन गरी ४ खर्ब १० अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो ।

    ३८ अर्ब ११ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको खराब कर्जा अनुपातमा सामान्य सुधार देखिएको छ । गत वर्षको चैतमा ४.९८ प्रतिशत रहेको खराब कर्जा चालु आवको सोही अवधिमा घटेर ४.९७ प्रतिशतमा झरेको छ । त्यस्तै, बैंकको आधार दर (बेस रेट) पनि ५.४५ प्रतिशतबाट घटेर ४.५७ प्रतिशतमा ओर्लिएको छ ।

    वित्तीय विवरणअनुसार बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १५.४० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७८.५३ रुपैयाँ र मूल्य आम्दानी अनुपात (पीई रेसियो) १५.४६ गुणा कायम भएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, १५ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट