logo

२०८३ बैशाख १५, मंगलबार

logo
  • २०८३ बैशाख १५, मंगलबार
  • गरिमा विकास बैंकको नाफा ४२ प्रतिशतले बढ्यो, लाभांश क्षमता ६२ करोड ७२ लाख

    गरिमा विकास बैंकको नाफा ४२ प्रतिशतले बढ्यो, लाभांश क्षमता ६२ करोड ७२ लाख

    325
    SHARES
    गरिमा विकास बैंकको नाफा ४२ प्रतिशतले बढ्यो, लाभांश क्षमता ६२ करोड ७२ लाख
    काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक अवधिमा आफ्नो खुद नाफामा ४२.९१ प्रतिशतको उत्साहजनक वृद्धि गरेको छ। बैंकले सार्वजनिक गरेको नौ महिनाको अपरिष्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधिमा १ अर्ब ४ करोड ८२ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो।
    गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ७३ करोड ३४ लाख ९१ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो। बैंकको व्यवसाय विस्तार र ब्याज आम्दानीमा आएको सुधारले नाफा बढाउन मुख्य भूमिका खेलेको देखिन्छ।
    बैंकको खुद ब्याज आम्दानी २४.७१ प्रतिशतले बढेर ३ अर्ब ३२ करोड ८९ लाख ६२ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा पनि ४२.६४ प्रतिशतले बढेर १ अर्ब ५१ करोड १६ लाख ४० हजार रुपैयाँ कायम भएको छ।
    नाफामा भएको यो वृद्धिसँगै बैंकको प्रतिशेयर आम्दानी पनि १७ रुपैयाँ २२ पैसाबाट बढेर २३ रुपैयाँ २१ पैसा पुगेको छ। वित्तीय अवस्था सुदृढ बन्दै जाँदा बैंकको लाभांश वितरण गर्ने क्षमता पनि मजबुत देखिएको छ। विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा ६२ करोड ७२ लाख ३५ हजार रुपैयाँ रहेको छ।
    सम्पत्तिको गुणस्तरमा पनि सामान्य सुधार गर्दै बैंकले खराब कर्जा ४.७८ प्रतिशतबाट घटाएर ४.७७ प्रतिशतमा झारेको छ। चैत मसान्तसम्ममा ९ खर्ब ४३ अर्ब १३ करोड रुपैयाँ निक्षेप संकलन गरी ७ खर्ब ६२ करोड २९ लाख रुपैयाँ कर्जा परिचालन गरेको बैंकको लागतमा पनि उल्लेख्य गिरावट आएको छ। बैंकको निक्षेप लागत ५.०७ प्रतिशतबाट घटेर ३.६१ प्रतिशत र आधार दर ६.९२ प्रतिशतबाट ५.३५ प्रतिशतमा झरेको छ। हाल ६ अर्ब २१ करोड ३४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको प्रतिशेयर नेटवर्थ १६७ रुपैयाँ ५८ पैसा कायम भएको छ।


    अर्थ चाैतारी
  • मंगलबार, १५ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट