logo

२०८३ बैशाख १५, मंगलबार

logo
  • २०८३ बैशाख १५, मंगलबार
  • संसद् छलेर अध्यादेश ल्याउने बालेन सरकारको निर्णय, राष्ट्रपतिसमक्ष सिफारिस

    संसद् छलेर अध्यादेश ल्याउने बालेन सरकारको निर्णय, राष्ट्रपतिसमक्ष सिफारिस

    585
    SHARES
    संसद् छलेर अध्यादेश ल्याउने बालेन सरकारको निर्णय, राष्ट्रपतिसमक्ष सिफारिस

    काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले संसद् छलेर दुई वटा अध्यादेश ल्याउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुई वटा अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। मन्त्रिपरिषद्ले संवैधानिक परिषद्सम्बन्धी र सहकारी समस्यासम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको हो। मन्त्रिपरिषद्को निर्णयअनुसार, दुवै अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिसमक्ष पेश गरिएको छ।



    सरकारले पठाएका दुवै अध्यादेशलाई राष्ट्रपति पौडेलले अध्ययन गरिरहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। ‘आज दिउँसोतिर सरकारले पठाएका दुई वटा अध्यादेश प्राप्त भएका छन्। यसबारे अध्ययन भइरहेको छ,’ राष्ट्रपतिको कार्यालयका एक उच्च अधिकारीले नेपालखबरसँग भने।

    यसअघि वैशाख ८ गते बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो। सरकारको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले वैशाख १७ गते अधिवेशन आह्वान गरेका थिए।

    त्यसको दुई दिनपछि वैशाख १० गते बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन स्थगित गर्न सिफारिस गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति पौडेलले संसद् अधिवेशन स्थगित गरेका थिए। संसद् अधिवेशन स्थगनका लागि सिफारिस गरेको चार दिनपछि वैशाख १४ मा बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश ल्याउने निर्णय गरेको हो।


    अर्थ चाैतारी
  • मंगलबार, १५ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट