logo

२०८३ बैशाख १६, बुधबार

logo
  • २०८३ बैशाख १६, बुधबार
  • बेहोस अवस्थामै अस्पताल पुर्‍याइएकी उपसभामुखको सुगर लेबल एकदमै कम

    बेहोस अवस्थामै अस्पताल पुर्‍याइएकी उपसभामुखको सुगर लेबल एकदमै कम

    533
    SHARES
    बेहोस अवस्थामै अस्पताल पुर्‍याइएकी उपसभामुखको सुगर लेबल एकदमै कम

    काठमाण्डौ । प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुर बेहोस भएपछि ललितपुरस्थित किष्ट मेडिकल कलेजमा भर्ना भएकी छिन् । अस्पताल स्रोतका अनुसार उनलाई बिहान बेहोसी अवस्थामै उपचारका लागि अस्पताल पुर्‍याइएको थियो ।



    ‘हिजो राति ज्वरो आएको थियो । बिहान अस्पताल आइपुग्दा उहाँको सुगर लेबल एकदमै कम थियो,’ अस्पताल स्रोतले भन्यो, ‘ बेहोसी अवस्थामा हुनुहुन्थो । अहिले होस आएको छ ।’

    प्रारम्भिक उपचारपछि उनको स्वास्थ्य अवस्था हाल स्थिर रहेको अस्पतालले जनाएको छ । अहिले विशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानीमा राखेर उपचार प्रक्रिया अघि बढाइएको छ ।

    स्वास्थ्यमा देखिएको समस्याको यकिन कारण पत्ता लगाउन अन्य परीक्षण पनि भइरहेको छ । ‘थप परीक्षण गरिरहेका छौं । अहिले भर्ना नै गरेर उपचार भइरहेको छ,’ ती अधिकारीले भने ।


    अर्थ चाैतारी
  • बुधबार, १६ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट