काठमाण्डौ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकी प्रदेश संयोजक र कास्की जिल्ला संयोजक निर्विरोध निर्वाचित भएका छन् ।
यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार गण्डकी प्रदेश संयोजकमा महेशबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै, कास्की जिल्ला संयोजकमा सूर्यबहादुर थापालगायतको सम्पूर्ण टिम निर्विरोध निर्वाचित भएको सिटौलाले बताए ।
महासङ्घको सातौँ राष्ट्रिय महाधिवेशन यही वैशाख २७ देखि २९ गतेसम्म पोखरामा हुँदैछ ।
अर्थ चाैतारी ।