logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • लघुवित्त बैंकर्स संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा यादव दोहोरिए

    लघुवित्त बैंकर्स संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा यादव दोहोरिए

    676
    SHARES
    लघुवित्त बैंकर्स संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा यादव दोहोरिए

    काठमाण्डौ । नेपाल लघुवित्त बैंकर्स संघमा नयाँ नेतृत्व चयन भएको छ। संघको सोमबार सम्पन्न १९ औं साधारणसभाले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो।



    जस अनुसार संघको अध्यक्षमा नेशनल लघुवित्तका सीइओ रहेका राम बहादुर यादव दोहोरिएका छन्। त्यस्तै उपाध्यक्षमा छिमेक लघुवित्तका दीपक निधि तिवारी, महासचिवमा जीवन विकास लघुवित्तका सञ्जय कुमार मण्डल, कोषाध्यक्षमा हिमालयन लघुवित्तका विनोद आचार्य, तथा सचिवमा आरम्भ चौतारी लघुवित्तका शिव प्रसाद ज्ञवाली निर्वाचित भएका छन् ।

    संघको सदस्यहरुमा आशा लघुवित्तका बद्री प्रसाद दुलाल, उपकार लघुवित्तकी शारदा कुमारी खत्री, आत्मनिर्भर लघुवित्तका सौगात वीर चौधरी, ग्लोबल आईएमई लघुवित्तका हरिकृष्ण जोशी, सामुदायिक लघुवित्तका दिलिप पोखरेल र महुली लघुवित्तका सरोज कुमार सिंह निर्वाचित भएका छन् ।


    अर्थ चाैतारी
  • मंगलबार, २९ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट