logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • नेपाल माइक्रो इन्स्योरेन्सको नाफा २ करोड ५५ लाख, खुद बीमाशुल्क ५ करोड ५४ लाख माथि

    नेपाल माइक्रो इन्स्योरेन्सको नाफा २ करोड ५५ लाख, खुद बीमाशुल्क ५ करोड ५४ लाख माथि

    442
    SHARES
    नेपाल माइक्रो इन्स्योरेन्सको नाफा २ करोड ५५ लाख, खुद बीमाशुल्क ५ करोड ५४ लाख माथि

    काठमाण्डौ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ९ महिनामा कम्पनीले २ करोड ५५ लाख १२ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को चैतसम्म कम्पनीले ४ लाख ८१ रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफामा आकर्षक वृद्धि भएको हो ।



    समीक्षा अवधिसम्म कम्पनीको स्पेसल रिजर्भमा २४ लाख ४६ हजार रुपैयाँ, महाविपत्ति कोषमा २ लाख ४४ हजार रुपैयाँ, अन्य इक्विटीमा ४ लाख ८९ हजार रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म स्पेसल रिजर्भमा २६ लाख ७४ हजार रुपैयाँ, महाविपत्ति कोषमा २ लाख ६७ हजार रुपैयाँ, अन्य इक्विटीमा १८ हजार रुपैयाँ थियो ।

    समीक्षा अवधिसम्म कम्पनीले १३ करोड ८३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। कम्पनीले चालु वर्षको चैतसम्म ५ करोड ५४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीको खुद बीमाशुल्क ७ करोड ३० लाख ऋणात्मक रहेको थियो ।

    शेयरपुँजी ७५ करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी ४ रुपैयाँ ५४ पैसा कायम भएको छ। प्रतिशेयर नेटवर्थ १००.१७ रुपैयाँ रहेको छ । कम्पनीको सोल्भेन्सी रेसियो २.०३ प्रतिशत रहेको छ ।


    अर्थ चाैतारी
  • बुधबार, ३० बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट