logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • विश्वको दोस्रो सबैभन्दा धेरै डाउनलोड हुने राइड हेलिङ एप बन्यो ‘इन्ड्राइभ’

    विश्वको दोस्रो सबैभन्दा धेरै डाउनलोड हुने राइड हेलिङ एप बन्यो ‘इन्ड्राइभ’

    390
    SHARES
    विश्वको दोस्रो सबैभन्दा धेरै डाउनलोड हुने राइड हेलिङ एप बन्यो ‘इन्ड्राइभ’

    काठमाण्डौ । ४८ देशहरूमा सञ्चालन भईरहेको ग्लोबल मोबिलिटी र अर्वान सर्भिस प्लेटफर्म इनड्राइभ फेरि एक पटक विश्वको दोस्रो सबैभन्दा धेरै डाउनलोड गरिएको राइड–हेलिङ एप हुन सफल भएको छ । २०२४ मा लगातार तेस्रो वर्ष आफ्नो प्रभावशाली वृद्धिको गति कायम राखेको सेन्सर टावर फर्मले उल्लेख गरेको छ ।



    इनड्राइभले ट्राभल र नेभिगेसन क्याटोगरीमा नेपालमा नम्बर १ स्थान प्राप्त गरेको छ, जसले बजारमा आफ्नो बलियो उपस्थिति र बढ्दो लोकप्रियतालाई सुदृढ बनाउँदै आएको छ । यो नेपालमा डाउनलोड संख्याको आधारमा अग्रणी राइड–हेलिङ एप बनेको हो ।

    इनड्राइभले ट्राभल र नेभिगेसन श्रेणीमा विश्वव्यापीरूपमा पाँचौं सबैभन्दा धेरै डाउनलोड गरिएको एपको रूपमा पनि स्थान पायो । इनड्राइभ एप २०२४ को डिसेम्बर महिनामा मात्रै ६१ लाख भन्दा बढी पटक डाउनलोड गरिएको थियो । पियर–टु–पियर मूल्य निर्धारण मोडेलको साथ, इनड्राइभले विश्वका ८८८ शहरहरूमा उत्कृष्ट सवारीहरुको लागि उचित मूल्य प्रदान गर्दै आएको छ साथै चालकहरूको लागि उचित कमाईका अवसरहरू प्रदान गरेको छ ।

    गत वर्ष, इनड्राइभले चालकहरूलाई मद्दत गर्नका लागि ऋण दिने कार्यलाई अझ बढी पहुँचयोग्य बनाउन मेक्सिको र कोलम्बियामा आफ्नो वित्तीय सेवा “इनड्राइभ.मनी”को परीक्षण सुरु गरेको थियो । इनड्राइभ.मनी सन् २०३० सम्ममा कम्तिमा १ अर्ब मानिसहरूको जीवन सुधार गर्ने इनड्राइभको व्यापक मिशनसँग मेल खान्छ, र यो सेवालाई यस वर्षको अन्त्यमा थप बजारहरूमा विस्तार गर्ने तयारी गरिएको छ ।

    यसका साथै, इनड्राइभ सन् २०२४ मा यात्रा श्रेणीमा नेपाल, इजिप्ट, मोरक्को, पनामा र जमैका सहित ११ बजारहरूमा डाउनलोड संख्याको आधारमा अग्रणी राइड–हेलिङ एप भएको थियो । राइड–हेलिङ र वित्तीय सेवाहरूको अतिरिक्त, इनड्राइभले सिटी टू सिटी, फ्रेट, कुरियर, र डेलिभरी सेवाहरु प्रदान गर्दछ ।


    अर्थ चाैतारी
  • विहिबार, ३१ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट