logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • सहकारीमा समस्या आउन थालेपछि जिम्मेवारीबाट पन्छिन विभाग धाउँदै सञ्चालक

    सहकारीमा समस्या आउन थालेपछि जिम्मेवारीबाट पन्छिन विभाग धाउँदै सञ्चालक

    2.4K
    SHARES
    सहकारीमा समस्या आउन थालेपछि जिम्मेवारीबाट पन्छिन विभाग धाउँदै सञ्चालक

    काठमाण्डौ । सहकारी संस्थामा समस्या आउन थालेपछि सञ्चालकलहरु जिम्मेवारीबाट अलग गराईपाउ भनि सहकारी विभागमा धाउन थालेका छन् । त्यस्ता संचालकलाई विभागले संचालक सदस्यको सामूहिक जिम्मेवारी र जवाफदेहिता रहने भन्दै जिम्मेवारीबाट नपन्छन निर्देशन दिएको छ ।



    ‘संस्था रामैसंग सञ्चालन हुँदा संस्थागत संलग्नताको पदिय हैसियत सहित आफूलाई परिचय गराउने तर संस्थामा समस्या देखिन थालेपछि संचालक समितिमा त्यत्तिकै राखिदिएछन्, संचालक समितिको सदस्य भएपनि मलाई केही थाहा छैन, सबै अध्यक्ष र व्यवस्थापकलाई थाहा छ, भनी जिम्मेवारीबाट पन्छिन खोज्ने गरेको देखिन्छ भने केहीले जिम्मेवारीबाट अलग गराइ पाँउ भनि विभागमा आउने गरेको पाइन्छ’ विभागले जारी गरेको पत्रमा उल्लेख छ ।

    सहकारी संघ संस्थाहरु संचालक समिति, लेखा सुपरीवेक्षण समिति र सम्पूर्ण सेयर सदस्य समेतको सामूहिक जिम्मेवारीमा रहने भएको र प्रत्येक संचालक सदस्यले अध्यक्ष वा व्यवस्थापक वा अमुक व्यक्तिलाई जिम्मेवारी पन्छाएर आफू अलग रहन नपाउने विभागले जनाएको छ । प्रत्येक संचालक सदस्यले संस्थाको हरेक क्रियाकलापमा चासो राखी संस्थाको र सदस्यको बृहत्तर हितमा केन्द्रित रही संस्थालाई बलियो बनाउन सामूहिक प्रतिवद्दताका साथ कार्यसम्पादन गर्न गराउन विभागले निर्देशन गरको छ ।


    अर्थ चाैतारी
  • सोमबार, २७ भदाै २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट