काठमाण्डौ । सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङसँग जोडिएका सार्वजनिक विषयमा अध्ययन तथा छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।
मन्त्रिपरिषद्को २०८३ वैशाख २८ गते बसेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्यूतप्रसाद भण्डारीको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।
समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधीवक्ता अच्युतमणी नेउपाने सदस्यका रूपमा रहेका छन् ।
प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले प्रतिनिधिसभा सदस्य समेत रहेका पूर्वगृहमन्त्री गुरुङ मन्त्री पदमा रहँदा र त्यसपछि उठेका विभिन्न विवाद तथा सार्वजनिक प्रश्नहरूको सत्यतथ्य छानबिन गर्ने जिम्मेवारी समितिलाई दिइएको जानकारी दिइन् ।
अध्ययन पूरा गरी स्पष्ट राय र सुझावसहितको प्रतिवेदन १५ दिनभित्रै सरकारसमक्ष बुझाउनुपर्ने दाहालले बताइन् ।
अर्थ चाैतारी ।