काठमाण्डौ । नेपाली कांग्रेसका सांसद इन्जिनियर मोहन आचार्यले सार्वजनिक खरिद ऐन परिमार्जन गर्नुपर्ने बताएका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा बोल्दै सांसद आचार्यले सार्वजनिक खरिद ऐन सुधार गर्नुपर्ने बताएका हुन्र। विकास निर्माणका काम समयमै नहुनु ऐनको कमजोरी भएको बताउँदै आचार्यले भने, ‘सार्वजनिक खरिद ऐनमै ठूलो समस्या छ।’
उनले ऐन अध्ययन गरेर अगाडि बढ्नुपर्ने बताए। ‘भौतिक पूर्वाधारका काम गर्न सकिएका छैनन। डिजाइन, बजेट एलोसेनका कुरा छन्,’ उनले भने।
सांसद आचार्यले आफ्नो निर्वाचन क्षेत्र रसुवाका भूकम्पपीडितले अहिलेसम्म आवास नपाएको गुनासो गरे। अहिलेसम्म उनीहरू कटेरोमै रहेकाले आगामी आर्थिक वर्षको बजेटमा यसलाई पार्न आग्रह गरे।
अर्थ चाैतारी ।