logo

२०८३ जेष्ठ ५, मंगलबार

logo
  • २०८३ जेष्ठ ५, मंगलबार
  • सकियो प्रि–बजेट छलफल, ७१ सांसदले दिए सुझाव

    सकियो प्रि–बजेट छलफल, ७१ सांसदले दिए सुझाव

    143
    SHARES
    सकियो प्रि–बजेट छलफल, ७१ सांसदले दिए सुझाव

    काठमाण्डौ । आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफल सकिएको छ । सांसदहरूले उठाएका सवालमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिएसँगै छलफल सकिएको हो।



    सोमबारदेखि सुरु भएको छलफल मङ्गलबार सकिएको थियो । यो क्रममा पहिलो दिन ४० सांसदले बोलेका थिए । दोस्रो दिन भने ३१ जनाले आफ्नो धारणा राखेका थिए। नाम टिपाएका सांसदहरूको धारणासँगै अर्थमन्त्री वाग्लेले जवाफ दिएका थिए।

    जवाफसँगै सभामुख डीपी अर्यालले सदनमा उठेका सवालको विवरण प्रतिवेदन बनाएर प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगलाई पठाउने जानकारी दिए।

    उनले बजेटले लिएका सिद्धान्तमा उल्लेखित मध्यम वर्गको विस्तार लगायतले गरिब र सीमान्तकृत वर्गलाई माथि उठाउने नै लक्ष्य राखेको बताए।

    उनले सरकार असीमित उत्तराधिकारी संस्था भएकोले नेपालले राखेका दीगो विकास लक्ष्य, १६ औँ योजना तथा यसअघिका दायित्वलाई सरकारले बोक्ने बताए।


    अर्थ चाैतारी
  • मंगलबार, ५ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट