logo

२०८३ जेष्ठ ६, बुधबार

logo
  • २०८३ जेष्ठ ६, बुधबार
  • धितोपत्र बोर्ड अध्यक्षका लागि चार जनाको नाम ‘सर्टलिस्ट’

    धितोपत्र बोर्ड अध्यक्षका लागि चार जनाको नाम ‘सर्टलिस्ट’

    325
    SHARES
    धितोपत्र बोर्ड अध्यक्षका लागि चार जनाको नाम ‘सर्टलिस्ट’

    काठमाण्डौ । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि चार जनाको नाम सर्टलिस्ट भएको छ । नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्तीका लागि गठित सिफारिस समितिले चार जनाको नाम सर्टलिस्ट गरेको हो ।



    अध्यक्ष छनौट सिफारिस समितिले सेबोनको कार्यकारी निर्देशकबाट अवकाश पाएका डा. नवराज अधिकारी, सेबोनकै निर्देशक विनयदेव आचार्य, राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक मुकुन्द कुमार क्षेत्री र राष्ट्र बैंककै पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्टको नाम सर्टलिस्ट गरेको हो ।

    बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनको लागि नाम सिफारिस गर्न धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा (३) बमोजिम गठित अध्यक्ष छनौट सिफारिश समितिबाट वैशाख १५ मा इच्छुक व्यक्तिहरूको व्यक्तिगत विवरण माग गरेको थियो ।

    उक्त तोकिएको म्याद भित्र ४७ जनाले व्यक्तिगत विवरण पेस गरेका थिए । जसअनुसार समितिले हाल चार जनाको संक्षिप्त सूचि तयार पारेको हो । संक्षिप्त सूचिमा नाम समावेश भएका व्यक्तिसँग सिफारिस समितिले अब थप छलफल गर्ने जनाइएको छ ।


    अर्थ चाैतारी
  • बुधबार, ६ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट