logo

२०८३ असार ३०, मंगलबार

logo
  • २०८३ असार ३०, मंगलबार
  • माछापुच्छ्रे बैंक, वर्ल्डलिंक र एनआईटीभी स्ट्रिम्जबीच त्रिपक्षीय व्यावसायिक सम्झौता

    माछापुच्छ्रे बैंक, वर्ल्डलिंक र एनआईटीभी स्ट्रिम्जबीच त्रिपक्षीय व्यावसायिक सम्झौता

    2.7K
    SHARES
    माछापुच्छ्रे बैंक, वर्ल्डलिंक र एनआईटीभी स्ट्रिम्जबीच त्रिपक्षीय व्यावसायिक सम्झौता

    काठमाण्डौ । माछापुच्छ्रे बैंक र वर्ल्डलिंकबीच व्यावसायिक सम्झौता भएको छ। बैंकका अनुसार क्रेडिटकार्ड प्रयोगकर्तालाई ईएमआई सुविधामा टीभी र इन्टरनेट प्याकेज उपलब्ध गराउने सम्झौता भएको हो।



    बैंक, एनआईटीभी स्ट्रिम्ज प्रालि र वर्ल्डलिंकबीच त्रिपक्षीय सम्झौता भएको हो। सम्झौतापत्रमा एनआईटीभी स्ट्रिम्ज र वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत निरन राजभण्डारी र केशव नेपाल तथा बैंकका नायब महाप्रबन्धक प्रसिद्धराज अर्यालले हस्ताक्षर गरेका हुन्।

    सम्झौताअनुसार बैंकका क्रेडिटकार्ड प्रयोगकर्ताले बैंकको इन्स्टापे सुविधामार्फत टीभी र इन्टरनेटसम्बन्धी विभिन्न कम्बो प्याकेज ईएमआईमा लिन सक्नेछन्। दशैँ, तिहार र छठलाई लक्षित गरी एनआईटीभी स्ट्रिम्ज र वर्ल्डलिंक कम्युनिकेसन्सले सञ्चालन गरेको फेस्टिभिटी अफरमा ग्राहकले करिब ५६ प्रतिशतसम्म छुट पाउन सक्ने जनाइएको छ।

    बैंकका ग्राहकले उक्त सुविधा बैंकको क्रेडिटकार्ड तथा इन्स्टापेबाट उपभोग गर्न पाउनेछन् भने क्रेडिट कार्ड नहुनेले अनलाइबाटै कार्डको लागि आवेदन दिनसक्नेछन्। हाललाई यो सुविधा वर्ल्डलिंक र एनआईटीभी स्ट्रिम्ज प्रालिको नेपालस्थित सबै कार्यालयबाट उपलब्ध हुने भएको छ।


    अर्थ चाैतारी
  • मंगलबार, २८ भदाै २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट