logo

२०८३ जेष्ठ ११, सोमबार

logo
  • २०८३ जेष्ठ ११, सोमबार
  • सहसचिव मुकेश डंगोल बने नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक

    सहसचिव मुकेश डंगोल बने नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक

    403
    SHARES
    सहसचिव मुकेश डंगोल बने नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक

    काठमाण्डौ । सहसचिव मुकेश डंगोल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक नियुक्त भएका छन्। पर्यटन मन्त्रालयको सहसचिव डंगोललाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले महानिर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।



    उनी मन्त्रालयमा नागरिक उड्डयन महाशाखाका प्रमुख थिए। तत्कालीन महानिर्देशक प्रदीप अधिकारी भ्रष्टाचार मुद्दामा निलम्बनमा परेपछि डंगोललाई सुशीला कार्की नेतृत्वको सरकारले निमित्तको जिम्मेवारी दिएको थियो।

    तर उनले दुई साता मात्रै उक्त जिम्मेवारी पाए। त्यसपछि नयाँ सरकार आएसँगै क्यानको महानिर्देशक पदमा खुला दरखास्त मागिएको थियो। त्यसमा प्रतिस्पर्धाका लागि २१ जना प्रारम्भिक परीक्षणबाट छनोट भएका थिए।

    मन्त्रालयले वैशाख २८ गते २१ जना उम्मेदवारलाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता लिएको थियो।


    अर्थ चाैतारी
  • सोमबार, ११ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट