logo

२०८३ जेष्ठ ११, सोमबार

logo
  • २०८३ जेष्ठ ११, सोमबार
  • सार्वजनिक खरिद अनुगमन कार्यालयको निर्देशन : ठेक्का सम्झौताका विवरण १५ दिनभित्र अद्यावधिक गर्नू

    सार्वजनिक खरिद अनुगमन कार्यालयको निर्देशन : ठेक्का सम्झौताका विवरण १५ दिनभित्र अद्यावधिक गर्नू

    312
    SHARES
    सार्वजनिक खरिद अनुगमन कार्यालयको निर्देशन : ठेक्का सम्झौताका विवरण १५ दिनभित्र अद्यावधिक गर्नू

    काठमाण्डौ । सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) ले विभिन्न सार्वजनिक निकायहरूद्वारा अगाडि बढाइएका ठेक्काहरूको सम्झौता विवरण विद्युतीय प्रणालीमा प्रविष्ट गर्न पुनः ताकेता गरेको छ ।



    कार्यालयले एक सूचना जारी गर्दै विद्युतीय खरिद प्रणालीमार्फत प्रकाशित भएका तर हालसम्म सम्झौताका विवरणहरू प्रणालीमा प्रविष्ट नगरिएका ठेक्काहरूको विवरण १५ दिनभित्र ’म्यानुअल’ रूपमा प्रविष्ट गर्न निर्देशन दिएको हो।

    विशेष गरी खरिद प्रणालीमा आशयको सूचना र स्वीकृति पत्र प्रकाशित भई सम्झौता भइसकेका तर त्यसको विवरण http://bolpatra.gov.np/egp प्रणालीमा नदेखिएका ठेक्काहरूको हकमा यो व्यवस्था लागू हुने कार्यालयले जनाएको छ।

    सूचना अनुसार जेठ ८ गतेको निर्णय बमोजिम छुटेका यस्ता विवरणहरू यस सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अनिवार्य रूपमा अद्यावधिक गरिसक्नुपर्नेछ।

    image


    अर्थ चाैतारी
  • सोमबार, ११ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट