logo

२०८३ जेष्ठ १२, मंगलबार

logo
  • २०८३ जेष्ठ १२, मंगलबार
  • प्रधानमन्त्रीलाई संसद्मा ल्याउन रास्वपाको प्रतिबद्धता

    प्रधानमन्त्रीलाई संसद्मा ल्याउन रास्वपाको प्रतिबद्धता

    351
    SHARES
    प्रधानमन्त्रीलाई संसद्मा ल्याउन रास्वपाको प्रतिबद्धता

    काठमाण्डौ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रतिनिधिसभामा उपस्थित गराएर प्रश्नोत्तरमा सहभागी गराउने प्रतिबद्धता जनाएको छ ।



    प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठकमा रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीलाई छिट्टै संसद्मा उपस्थित गराइने बताएका हुन् ।

    बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्रीको नियमित संसदीय उपस्थितिलाई लिएर प्रश्न उठाएपछि रास्वपाले यस्तो प्रतिबद्धता जनाएको स्रोतले जनाएको छ ।

    प्रधानमन्त्रीको संसद् उपस्थितिबारे पछिल्लो समय सत्ता र विपक्षबीच विवाद बढिरहेका बेला रास्वपाको उक्त अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, १२ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट