logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • १५ दिनभित्र विवरणसहित उपस्थित हुन सहकारीलाई महानगरको ताकेता

    १५ दिनभित्र विवरणसहित उपस्थित हुन सहकारीलाई महानगरको ताकेता

    1.8K
    SHARES
    १५ दिनभित्र विवरणसहित उपस्थित हुन सहकारीलाई महानगरको ताकेता

    काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले सहकारी संस्थालाई विवरण बुझाउन सूचना जारी गरेको छ। महानगरले १५ दिनभित्र आफ्नो विवरणसहित महानगरमा उपस्थित हुन सूचना जारी गरेको हो।



    साधरणसभा नगरेका सहकारीलाई १५ दिनभित्र साधरणसभागरी प्रतिवेदन काठमाण्डौ महानगरमा पेश गर्न भनिएको छ। प्रतिवेदनमा सदस्य संख्या, सेयरपुँजी, बचत संकलन, ऋण लगानी, स्थिर सम्पत्ति, जम्मा सम्पत्ति दायित्व, प्रत्यक्ष रोजगारी, सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रतिवेदन पेश गरे नगरेको उल्लेख गरी महानगरमा बुझाउन सूचना जारी गरेको छ।

    काठमाण्डौ महानगरले सहकारी संस्थामा सदस्य बनाएरमात्र कारोबार गर्ने र सबै सदस्यलाई साधरणसभामा उपस्थितिको लागि अनुरोध गर्न सूचनामा उल्लेख छ। लेखापरीक्षण प्रतिवेदन, सञ्चालक समिति तथा लेखा समितिको प्रतिवेदन साधारण सभामा छलफल गरेर मात्रै पास गर्न भनेको छ।


    अर्थ चाैतारी
  • मंगलबार, २८ भदाै २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट